दमौली, तनहुँ (रासस)
व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् ।

उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।
सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताए।
वर्षाका कारण जमीन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.