www.tandavnews.com
Fact ~ In search of truth

अण्डरग्राउण्ड पार्किङ कि मार्केट ?

पाेखरा
ताण्डव न्यूज ।

पोखराको जनघनत्व दिनानुदिन बढ्दो छ । जनघनत्वसँगै बजारमा चहलपहल पनि उत्तिकै बढ्दो छ । सोही अनुरुप सवारी प्रयोगकर्ताहरुको संख्या पनि बढिरहेको छ ।

दैनिक १ लाख ४० हजार सवारी पोखराको सडकमा त गुड्छन् । तर, पार्किङ गर्ने चाहि कता ? टाउको दुखाइको विषय हो यो ।

Batas

महानगरले पार्किङका लागि स्थानहरु खोजीरहेको छ । महेन्द्रपुल, बगर, न्यूरोड, नयाँबजार, सभागृह चोक, पृथ्वीचोक लगायतका स्थानहरुमा पार्किङ स्पट निर्माण गर्न जग्गाहरु खोजीएको महानगरले जनाएको छ ।

पार्किङकै कारण पोखराका वासिन्दाले हैरानी खेप्नुपरेको छ । यहाँ यस्ता केहि भवन छन् । जसले अण्डरग्राउण्ड पार्किङ बनाउने भनेर नक्सा पास गरेर सम्पनन पत्र पनि लिए तर पार्किङको लागि प्रयोग नगरी अन्य प्रयोजनको लागि भाडामा दिएको पाइन्छ । पैसाको लोभमा अण्डरग्राउण्ड पार्किङ हुनुपर्ने स्थानमा खुलेआम सटर राखेर अण्डरग्राउण्ड मार्केट बनाउदा अधिकारको दुरुपयोग गरेका छन् ।

महेन्द्रपुलको सिता भवन

सधैंजसो चहलपहल हुने स्थान हो, महेन्द्रपुल । कन्सल्टेन्सी, ग्याजेट बजार लगायत अन्य थुप्रै पसलहरुकै कारणले पनि उपभोक्ता, विद्यार्थी, व्यवसायीहरुको मुमेन्ट बढी हुने गर्दछ । त्यहाँ पनि सवारी प्रयोगकर्ताहरुको टाउको दुखाईको विषय बन्छ पार्किङ । स्थानको अभाव खेपिरहनुपरेका बेला, सिता भवनको अण्डरग्राउण्ड स्पेसमा भने पूरै बजार लागिरहेको हुन्छ ।

उक्त अण्डरग्राउण्ड स्पेस भवन निर्माण गर्दा पार्किङकै लागि भनेर नक्सामा उल्लेख छ । ‘कस्को के हिम्मत’ भनेझैं वर्षौं देखि सटर राखेर अवैधानिक बजार स्थापना गरिदा समेत महानगर हातमा दहि जमाएर बसेको देखिन्छ ।

सेलवेज टावर

यता चिप्लेढुङ्गाको सेलवेज टावरको अण्डरग्राउण्ड स्पेसमा पनि महानगरको ध्यान पुग्न सकेको छैन । सानो कोठा बनाएर, सटर राखेर खुलेआम पसल सञ्चालन गर्दापनि महानगर हेरेको हेर्यै मात्र छ ।

महानगरले अहिलेसम्म कुनै भवनका लागि अण्डरग्राउण्ड पसल राख्ने अनुमति दिएको छैन । पार्किङकै लागि भनेर अण्डरग्राउण्ड स्पेस बनाउन अनुमति दिएपनि व्यापारीहरु अवैधानिक रुपमा पसल सञ्चालन गरेर बसिरहेका छन् ।

सेलवेज टावर र सिता भवनमा मात्रै पार्किङको व्यवस्था गरिने हो भने, धेरै सहज हुने स्थानीयहरु बताउँछन् ।

‘महेन्द्रपुल र चिप्लेढुङ्गामा पार्किङ गर्ने ठाउँ पाउनै गाह्रो हुन्छ । खाली ठाउँको पहिचान गरि तत्काल पार्किङ स्पट नबनाए स्थिती भयावह हुन्छ’ महेन्द्रपुलका सुवास चन्द्र लम्साल भन्छन् ‘सिता भवन, सेलवेज टावरका अण्डरग्राउण्डमा मात्रै पार्किङको व्यवस्था गर्दिने हो भने पनि धेरै सहज हुने थियो ।’

हारती कम्प्लेक्स

नयाँ बजारमा रहेको हारती कम्प्लेक्सले पनि पाकिङ गर्ने भनेर निर्माण गरेको अन्डर ग्राउण्ड अन्य प्रायोजनको लागि दिएको छ । पछिल्लो समय नयाँ बजार क्षेत्रमा पनि पार्किङको समस्या देखिएको छ ।

बतास सो रुम

नयाँबजारमै रहेको बतास सो रुमले पनि अन्डर ग्राउण्ड पार्किङको दुरुपायोग गरेको पाइन्छ । सो रुपले अन्डर ग्राउण्ड पार्किङ अन्य कामको लागि प्रयोग गरेर वेच्ना राखेका मोटरसाईकल सडकमा उतार्ने गरेको पाइन्छ ।

विश्वकर्मा अटो वक्स

नयाँ बजारमै रहेको विश्वकर्मा अटो वक्सले पनि पार्किङका लागि बनाएको अन्डर ग्राउण्ड अन्य व्यापारी प्रयोजनको लागि प्रयोग गरेको पाइन्छ । विश्वकर्माले पनि आफूले वेच्न राखेको वाइक सडकमा उतार्ने गरेको छ ।

यि केही भवन उदाहरण मात्र हुन् । यस्ता धेरै भवनहरु पोखरामा छन् । जसले पार्किङ गर्ने भनेर अन्डर ग्राउण्ड निर्माण गरेर पैसाको लोभमा भाडामा दिएको पाइन्छ । पोखरा महानगरपालिकाले यस्तो भवनलाई पार्किङकै रुपमा प्रयोग गर्न निर्देशन दिँदै आएको छ । भदौ महिनासम्ममा अन्डर ग्राउण्ड पार्किङलाई पार्किङकै लागि प्रयोग गराउने बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.