www.tandavnews.com
Fact ~ In search of truth

रोटरी लेखनाथ र रोट्रयाक्ट क्लव लेखनाथको पदस्थापन

पोखरा ।

रोट्रयाक्ट क्लव अफ लेखनाथ वर्ष २०१७/१८ का अध्यक्ष सुजन न्यौपानेले २०१८/१९ का अध्यक्ष सन्दिप पौडेललाई पद हस्तान्तरण गरेका छन् । वर्ष २०१८/१९ का अध्यक्ष सन्दिप पौडेलले छात्रवृत्ती कोष समेत गठन गरेका छन् । सो कोषमा प्रत्येक दिन १ रुपैयाँ सहयोग गर्ने र सो रकम गरिव विद्यार्थीलाई वितरण गर्ने रोट्याक्ट क्लव लेखनाथले जनाएको छ ।

रोटरी क्लव अफ लेखनाथको नवौ र रोट्याक्ट क्लव अफ लेखनाथको आठौ पदस्थापन कार्यक्रम रोटरी क्लवका डिष्ट्रिक गर्भनर इलेक्ट किरणलाल श्रेष्ठले समाज परिवर्तनको अविभारा वोकेर हिंडेको रोटरीले समय व्यवस्थापन र सामाजिक उत्तर दायत्वलाई महत्वपुर्ण स्थान दिनुपर्नेमा जोड दिए । रोटरी क्लवका जिएसआर माधवप्रसाद सिग्देलले रोटरी क्लव लेखनाथले गरेको कामको प्रशंशा गर्दै अझ अगाडी वढ्दै जान सुझाव दिए ।

Batas

रोटरी क्लव अफ लेखनाथका वर्ष २०१७÷१८ का अध्यक्ष वद्रीनाथ पौडेलले २०१८/१९ का अध्यक्ष विश्वमणी भण्डारीलाई पद हस्तान्तरण गरे । कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका सस्थापक अध्यक्ष उमेस कुमार आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा रोटरी क्लव अफ लेखनाथमा ८ जना नयाँ सदस्य प्रवेश समेत गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.