www.tandavnews.com
Fact ~ In search of truth

सितोरियोका खेलाडी खड्कालाई बिदाई

पोखरा
ताण्डव न्यूज ।

थाईल्याण्ड ओपन कराते च्याम्पनसिपमा सहभागीताकालागि जान लागेका सितोरियो करातेका खेलाडी प्रकाश खड्कलाई आज बिदाई गरिएको छ ।

सितोरियो कराते संघ कास्कीको आयोजनामा गरिएको बिदाई कार्यक्रममा बोल्दै क्षेत्रिय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलले राष्ट्र चिनाउन मुख्य भूमिका खेल्ने बताए ।

Batas

‘खेलले नै नेपालको झण्डा उच्च राख्ने काम गरेको छ,’ उनले भने, ‘विदेशी भूमिमा नेपाली खेलाडीकै कारण झण्डा फहराउँछ ।’ खेलाडीलाई राज्यले सम्मान गर्न नसेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । ‘खेलाडीले दुख गरेर खेलेर मात्र हुदैन,’ उनले भने, ‘मेडल जित्न राज्यले पनि खेल क्षेत्रमा लगानी गर्नु पर्छ ।’

कार्यक्रममा खेलाडी खड्कालाई मोनार्क एब्रोड स्टडीका प्रबन्ध निर्देशक रामचन्द्र गिरी र हिमाली बाल कल्याण संस्थाले एक–एक थान ट्रयाक सुट प्रदान गरेका थिए ।

सितोरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदार, ताण्डव न्युजका सम्पादक अर्जुन गिरी लगfयतले बोलेका थिए ।

कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष धन लामाले गरेका थिए । बैङ्ककमा जुलाई १७ देखी जुलाई २२ सम्म थाईल्याण्ड ओपन कराते च्याम्पनसिप हुदैें छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.