विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
खुला आकाशमा रंगिन पुतली जस्तै विदेशीसंगै आफ्नै दाई (सुवास थापा) प्याराग्लाडिङमा उडेको देख्दा उनको पनि मन उड्ने गथ्र्यो । सानैदेखि प्याराग्लाडिङको दृश्य आँखामा कैद गरेका उनलाई एक दिन आफूपनि उड्ने विश्वास थियो ।
पोखरा सराङकोटमा जन्मेका विशाल थापाले (२७) आफ्नै परिवारका सदस्य यसै क्षेत्रमा लागेपछि प्याराग्लाडिङबारे बुझ्न पाए । परिवारकै सदस्य भएकाले उनलाई आफ्नो सपना पूरा गर्न कुनै समस्याको सामना गर्न भने परेन । सानैदेखि प्याराग्लाडिङको बारेमा बुझ्ने मौका पाएका उनी आज प्याराग्लाइडिङ पाइलट बिशाल भनेर देश विदेशमा आफूलाई चिनाइसकेका छन् ।

सराङकोटबाट फेवाताल माथि आकाशमा प्याराग्लाइडिङ उडेको देख्दा ऊर्फिएर खुसी हुन्थे उनी । दाईसंगै काम सिक्दैै ग्लाडर मिलाउने, तान्ने पाइलटहरुले कसरी काम गर्छन् भन्ने हेदै गर्दा उनलाई यस बारे ज्ञान बढ्दै गयो ।
प्याराग्लाडिङबारे केहि जानकारी भए पछि उनीले बलू स्काई प्याराग्लाडिङबाट १५ दिनको ट्रेनिङ लिए । यसपछि उनीले स्कोचल्याडका ‘ज्याब्ददी किन डेविड’ ट्रर्नरसँग बेसिक कोर्स समेत गरे ।
उनले २ बर्ष सम्म बेसिक, एड्भान्स कोर्स गरी हरेक ट्रेनिङहरुमा समेत पार्टिसिपेन्ट भए । ट्रेर्नरको आदेश अनुसार उनीहरु सर्टेन्ट टाइममा यहाँबाट त्यहाँ सम्म पुग्ने गर्नुपर्ने हुन्थ्यो ।
उनी सन् २०१० मा फष्ट टाइम प्याराग्लाडिङमा पाइलटसँग उडेको थिए । म बिर्सन सक्दिन त्यो समय, सपना जस्तै भएको थियो । उनी भन्छन्, ‘धेरै रमाइलो भएर होला समय छोटो जस्तो लागेको थियो ।’ उडि राखेको भएर डर भने लागेन, आफ्नो दाइ पर्नेसँग उडेकोले ढुक्क पनि थिए ।
सन् २०१२ मा उनी प्याराग्लाडिङमा एक्लै उडेका थिए । ‘सुरुमा उड्ने बेलामा भने मन डराएर कामेको थियो तर उडेपछि त फ्रि फिल भयो अर्काै संसारमा गएको जस्तो । उडेपछिको त्यो समय एकदमै रमाइलो थियो,’ उनी खुसी हुँदै आफ्ना अनुभवहरु सुनाउँछन् ।
प्याराग्लाडिङमा एक्लै उडेर धेरै ठाउँ घुमिसकेका छन् । उनी भन्छन्, ‘पोखराबाट लगभग काठमाडौं सम्म घुमेको छु ।’ अरु पनि यस्तै मर्दी हिमाल, स्याङजा, बन्दीपुर लगायत पाँच हजार मिटर माथि सम्म उडेको अनुभव उनीसँग छ ।
उनले सन् २०१५ मा इनडियन प्याराग्लाडिङ वल्र्ड कप कम्पिटिसनमा भाग लिइ नेपालको लागि दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । विशालले २०१५ मा ओभरल सात देशबाट नेपाललाई प्रथम स्थानमा विजय गराउन सफल भए ।
यस्तै २०१८ फेवरवरीमा पोखरामा भएको एशियन महाद्धिपीय प्याराग्लाडिङ टुर तथा १८ औ नेपाल खुला प्याराग्लाडिङ प्रतियोगितामा उनी दोस्रो स्थान हासिल गर्न सफल भए, हालै चिनको हिनान प्रान्तको लिनझयाउमा सम्पन्न प्याराग्लाडिङ क्रस कन्ट्रि प्रि वल्ड कपमा व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका थिए । उनले थुपै मेडल प्रमाण पत्र साथै सम्मान पाएका छन् । यसरी नेपाललाई देश विदेशमा चिनाउन पाउँदा निकै गर्व महसुस गर्छन् ।
‘बिमल अधिकारी र रबिन गुरुङको पे्ररणाले यस कम्पिटिसनमाहरुमा भाग लिन इच्छा जागेको हो,’ उनले भने, ‘मेरो सफलता श्रेय परिवारको साथै दाइहरुलाई पनि दिन चाहन्छु ।’
स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ भनेकै पोखरा अनि प्याराग्लाइडिङ पनि हो । ‘पोखरामा आएर प्याराग्लाइडिङ गरेर प्राकृतिक मनोरम दृश्यसँग रमाउन सबैलाई इच्छा हुन्छ,’ उनले भने, ‘हिजो आज प्याराग्लाडिङमा पनि धेरै स्वदेशी विदेशी पर्यटकहरु रमाउने गरेका छन् ।’
पहिला घुम्ने भनेपछि हिमाल, ताल र यहाँका मन्दिरमा रमाउने पर्यटकहरुमा एण्डभेन्चर खेलको मज्जा बढ्दै गएको उनी सुनाउँछन् । ‘पछिल्लो समय विदेशीलाई मात्र होइन नेपाली र विशेष गरि युवायुवतीलाई प्याराग्लाइडिङले आकर्षण गरेको पाइन्छ,’ उनले भने, ‘अहिलेको युवा पुस्तामा प्याराग्लाइडिङको ट्रेननै छ ।’
यो आकाशे खेलको रुपमा भएको हुनाले पर्यटक खेल्नको लागि भएपनि पोखरा आउने गरेको उनले बताए । ‘धेरै जसो चाइनिज पर्यटक आउँछन् उनीहरु माथि–माथि जान खोज्छन्,’ उनले भने, ‘अरुको हकमा भने धेरै माथि उडाउदैनौ ।’
प्याराग्लाइडिङले धेरै फड्को मारिसकेको विशाल बताउँछन् । ‘एकातिर पर्यटकहरु आकाशमा उडेर मज्जा लिरहेका छन् भने अर्काेतिर यसलाई साहसिक खेलका रुपमा पनि खेल्नेको सख्या बढ्दो देखिन्छ,’ उनले भने, ‘हालसम्म आउँदा २ सय ५० जना नेपाली प्याराग्लाइडिङ पाइलट छन् भने ६० भन्दा बढी कम्पनीहरु सञ्चालनमा छन् ।’
उनको आफ्नो न्यू प्यारावल्ड नामक कम्पनी समेत छ । ‘बिगत एक बर्षदेखि संचालनमा आएको कम्पनी चार दाजुभाइले नै चलाउदै आएका छौ,’ उनले भने, ‘दाजुभाइ चार जना नै पाइटल छौ ।’ बुबा महेन्द्र गोपाल आमा शान्ति थापाको पूरा सर्पोट पाएर यि दाजुभाईले यस क्षेत्रमा निकै राम्रो गर्ने विश्वास प्रकट गरे ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.