पाेखरा ।
नेपाल सितोरियो कराँते संघ कास्कीको क्यालेण्डर अनुसार प्रत्येक ४ महिनामा हुने पेटी परिक्षा आज शनिबार सम्पन्न भएको छ । फुलबारी स्थित शिव शक्ती माविको हलमा पेटी परिक्षा सम्पन्न भएको हो ।
सो अवसरमा नेपालमै पहिलो पटक सितोरियो कराँते भित्राउने थानेश्वर राइ, प्रमुख अतिथि वडा ११का वडाध्यछ मोहन प्रसाद बाँस्तोला, वडा सदस्य जंग बहादुर हमाल ठकुरी, कास्कि जिल्ला सितो रियो कराँते संघ कास्कीका अध्यछ सुरेन्द्र कुमार गुरुङ पनि सभापतिको रुपमा रहनु भएको थियो

फुलबारी डोजोका प्रशिक्षक बिष्णु नेपाली हुन् । परिक्षा अवलोकनकालागि जिवन मल्ल, धन बहादुर तामाङ , अभिमान गुरुङ ,राजेश तामाङ सुबिन गुरुङ ,मनोज गुरुङ र मनराज भण्डारी थिए ।
फुलबारी डोजोका विमला नेपाली, प्रभात पुन , सुजन नेपाली, रोशनि पुन ,अनिता थापा मगर, बिशेष जोषि, कुशल कार्की, मसिना राइ प्रस्तुति रोक्का पुनम बिक थिए भने बाझापाटन बाट कुशल श्रिपाली अनिल श्रिपाली सिजन सिन्चौरी र काहुँ धरहरा बाट राजु सुनार सुरेश सुनार रहेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.