www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : मस्र्याङ्दीमा पानीको बहाव बढ्याे

बेँसीशहर, लमजुङ (रासस)

मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो । नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ ।

Batas

माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । “केही दिनयता पानीको बहाव अत्याधिक भएको छ” प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने , “सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।”

स्थानीयवासीका अनुसार मस्र्याङ्दीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो । पानीको बहावले सदरमुकाम चामेस्थित तातोपानी कुण्डको बाँधसमेत भत्काइदिएको छ ।

मनाङका चामे, धारापानी र ताल तथा लमजुङका श्रीचौर, स्यागे, भुलभुले, खुदीलगायत बस्ती नदी नजीकै भएकाले सम्भावित जोखिम मानिएको छ । सम्भावित जोखिमबाट बच्न दुवै जिल्लाका प्रशासन कार्यालयले विभिन्न संयन्त्रको प्रयोग गरी सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.