www.tandavnews.com
Fact ~ In search of truth

तरुण दलद्वारा सरकारलाई ताला साँचोे

काठमाडौँ (रासस)

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ ।

आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।

Batas

सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाए । सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उनको भनाइ थियो ।

तरुण दलले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.