www.tandavnews.com
Fact ~ In search of truth

डा केसी र पार्टीभित्रको विवादबारे काँग्रेस नेता सिटौलाका कुरा

चितवन (रासस)

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए ।

Batas

उनले भने , “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.