www.tandavnews.com
Fact ~ In search of truth

डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ्ग

नवलपरासी,  (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आज ४० अाै पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङ्गले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताए।

कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने भएपनि निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्ने अफ्ठेरो परिस्थितिका कारण समय लाग्ने उनकाे भनाइ छ।

मुख्यमन्त्री गुरुङ्गले काँग्रेसले आफ्नै सरकार छँदा त्यस्तो माग किन पूरा गरेन भनेर प्रश्न समेत गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.