पर्वत
ताण्डव न्यूज ।
पर्वत मोदी गाउँपालिका–५ स्थित खोलाखेत भन्ने स्थानमा बिजुलीको ट्रान्समिटर पड्किदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोदी गाउँपालिका–५ खोलाखेत बस्ने यमबहादुर परियार, रुपा परियार, मनिषा परियार, पुतलि परियार, ममता परियार र विमल परियार रहेका छन् ।

घाइतेहरुको उपचारको लागि जिल्ला अस्पताल पर्वतमा लगिए पनि अवस्था गम्भिर भएका कारण मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
ट्रान्समिटर पड्किदा वरपरका ५ वटा घरमा समेत क्षती पुगेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.