www.tandavnews.com
Fact ~ In search of truth

खेलाडी खेलेरै बाँच्न पाउनुपर्छ

पोखरा
ताण्डव न्यूज ।

 

१. नेपालमा सितोरियो करातेको अवस्था अहिले कस्तो छ ?

विगतमा भन्दा अहिले कराते प्रतियोगिता धेरै हुन्छ । जसले गर्दा केही मात्रामा भएपनि खेलाडी उत्पादन र खेलको स्तर बढेको छ । तर, अहिले पहिला जस्तो अवस्था छैन । अन्य देशहरुले करातेमा लगानी र परिश्रम दुवै बढाएका छन् ।

Batas

जसको अभाव हाम्रो देशमा छ । अब पहिलाको जसरी खेलाडीले राम्रो खेलेर मात्र हुदैन । आर्थिक, नौतिक र भौतिक रुपमा खेलाडीलाई व्यालेन्स गर्न सक्नुपर्छ । पहिला एसियामै नेपालले कराते खेलमा आफ्नो नाम चम्काएकै हो । अहिले हेर्ने हो भने त्यो स्तर घटेको पाइन्छ । यसलाई पहिलाकै छवि कायम गर्न राज्यलेनै अझै बढि पहल गर्नुपर्छ ।

२. कराते खेलको विकासको लागि राज्यले के गर्नुपर्छ ?

राज्यले खेलमा लगानी नगरेको भने होइन । तर मेडल ल्याउने गरि लगानी गर्नुपर्छ । अन्य देशले जस्तो हाम्रो देशले पनि यस क्षेत्रमा सम्भावना देखेर लगानी बढाउनु पर्ने बेला आएको छ । अहिले खेलाडीलाई गुधेली दिएर बाघ मार्न लगाइएको छ । गुधेलीले बाघ मार्न सकिन्छ या सकिदैन ? राम्रो सिकारी मात्र भएर हुँदैन । त्यस अनुसारको बन्दुक र गोली पनि आवश्यक छ ।

खेलाडीलाई मेहनत गरेर खेल र प्रशिक्षकले मजाले सिकाउ भनेर मात्र हुँदैन । सितोरियो खेल अन्य खेल जस्तो टेक्निकल गेम हो । जब सम्म खेलाडीको माइन्ड फ्रि छैन तब सम्म उसले आफ्नो कला देखाउन सक्दैेन । राम्रो खेल देखाएर मेडल ल्याउन सोही अनुसारको राज्यबाटै वातावरण बनाउनुपर्ने जरुरी छ ।

३.पहिलाको कराते खेलाडी र अहिलेका खेलाडीमा के फरक पाउनुहुन्छ ?

त्यो वेला करातेको क्रेज थियो । पहिलाका खेलाडी खेल भनेपछि अल्लि बढि मेहनत र ध्यान दिन्थे । अहिलेका खेलाडीहरु लगजेरियस टाईपका धेरै छन् । त्यो वेला खेल भनेपछि खेलमा मात्र ध्यान हुन्थ्यो । अहिले राम्रो खेलाडी पनि लाइफ सेट गर्नुपर्छ भनेर अन्त ध्यान गएको देखिन्छ ।

राम्रा–राम्रा खेलाडी विदेशिन थाले । त्यही अवस्था देखेर हामीले भन्दै आई रहेको कुरा हो खेलाडी भएर बच्न सक्ने आधार राज्यले तयार पार्नुपर्छ । नत्र खेलमा मोह काम हुँदै गएको छ ।

४. तपाई लामो समय विदेश पनि बस्नु भयो, त्यहाँ करातेको अवस्था र यहाँ कस्तो पाउनु भयो ?

करातेमा नेपालको जस्तो टे«निङ मैले अरु देशमा देखेको छैन । तर विदेशमा खेलाडीलाई फ्यासिलेटी धेरै छन । धेरै प्रतियोगिता हुन्छ । प्रतियोगिताले खेलाडीको खेलको स्तर माथी लैजाने काम गर्छ । जसका कारण राष्ट्रले मेडेल पाउछ । विदेशमा राष्ट्रिय स्तरको जुनियर तथा सिनियर प्रतियोगिता धेरै हुन्छ । विदेशमा खेलाडीलाई परिवार र देश दुवैले लगानी गरेको हुन्छ । हाम्रोमा खेलाडीले खेलेर आफू र परिवारनै पाल्नुपर्ने बाध्यता छ ।

५ तपाई सितोरियो करातेको संस्थापक प्रशिक्षक पनि हुनुहुन्छ, एउटा खेलाडी सफल हुन के गर्नुपर्ला ?

सबै भन्दा पहिला खेलाडीले खेलमा मात्र ध्यान दिएर टेन्सन फ्रि हुनु प¥यो । त्यसपछि अनुशासन र परिश्रम दुवैसँगै लैजानु पर्छ । त्यसपछि खेलाडीलाई खेलेरै बाच्ने आधार हुनुप¥यो । खेलबाटै राष्ट्रको लागि केही गर्छु भन्ने भावना सधै हुनुपर्छ । खेल, खेलाडी र प्रशिक्षकलाई समान गर्दै आफ्नो कमजोरीलाई सुर्धादै अघि बढ्नुपर्छ । यती भएपछि खेलाडीले आफ्नोलाई मात्र होइन, उ जन्मिएको राष्ट्रलाई पनि सफल बनाउँछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.