www.tandavnews.com
Fact ~ In search of truth

बेगनास डुङ्गा व्यवसायि समितिलाई लाइफ ज्याकेट हस्तान्तरण

पोखरा ।

साँग्रिला होटल एण्ड रिसोर्टले बेगनास डुङ्गा व्यवसायि समितिलाई लाइफ ज्याकेट सहयोग उपलब्ध गराएको छ । रिसोर्टका आवासिय प्रबन्धक गुप्त गिरीले एक समारोहका बिच २५ थान लाइफ ज्याकेट डुङ्गा समितिका अध्यक्ष सोमराज कँडेललाई हस्तान्तरण गरे ।

ज्याकेट हस्तान्तरण गर्दै प्रबन्धक गुप्ताले रिसोर्टले आफ्नों सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न स्थानमा सहयोग गदै आएको जानकारी दिए । साथै उनले आउँदा दिनहरुमा पनि सहयोग जारी राख्ने बताए । ज्याकेट बुझ्दै डुङ्गा व्यवसायिक समितिका अध्यक्ष सोमराज कँडेलले हावा हुरी चल्ने वर्तमान समयमा लाइफ ज्याकेट सहयोग महत्वपूर्ण भएको बताए ।

Batas

साँग्रिला रिसोर्टका जनसम्पर्क अधिकृत अर्जुन मैनालिले कार्यक्रमका बारेमा प्रकाश पार्दै रिसोर्टका सेवासुविधाबारे अवगत गराएका थियो । कार्यक्रममा वडा नम्बर ३१ का वडाध्यक्ष कमल थापा, पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, होटल तथा रेष्टुरेण्ट एसोसियसन बेगनासका कृष्णप्रसाद तिमिल्सीना, मत्स्य व्यवसायि समितिका राजेन्द जलारी, बेगनास युवा क्लवका उपाध्यक्ष निराजन बराल लगायतले रिसोर्टलाई धन्यबाद ज्ञापन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.