www.tandavnews.com
Fact ~ In search of truth

रंगमञ्चमा बविताको पाइला

बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

पोखरा गैरापाटन स्थित गन्धर्व नाटकघरमा सिरुमारानी नाटकमाबाट डेब्यु गरेकी बबितामल्ल ठकुरी (२१), ले अभिनयमा सबैको ध्यान खिच्न सफल भएकी थिइन् । पहलो अभिनयबाट सबै दर्शकको माया पाएकी बबिताले हाल सम्म आउँदा पोखरा थिएटरबाट तीन वटा नाटकमा आफ्नो अभिनय लाई प्रस्तुत गरेकी छन् ।

हालै मात्र खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनको नाटक ‘अटलबहादुरको आतंक’ मा पनि बबितालाई अभिनय गरेको देख्न सकिन्छ । नाटकमा बबिता मैनाको क्यारेक्टरमा चुलबुले, नक्कली रक्सी पसलेको छोरीको अभिनयमा देखिएकी छिन् । उनले गरेको मेहनतलाई नाटकमा प्रष्ट देख्न सकिन्छ ।

Batas

‘सिरुमारानी’ नाटकमा एक दृष्टिविहिन वृद्धाको अभिनय गरेकी बबिताले आफ्नो अभिनयलाई उत्कृष्ट बनाउन सक्दो कोसिस गरेकी थिइन् । आफूले गरेको नाटकहरुमा सिरुमारानी नाटक गर्न सजिलो भएको उनको अनुभव छ । ‘क्यारेक्टरमा भित्र डुब्न मलाई सजिलो भयो,’ उनले भनिन्, ‘कोएक्ट्रससँग केमेस्ट्री मिलाएर अभिनय गर्न सजिलो लाग्यो ।’ बितेका कुरा नाटकमा भने अभिनय गर्न गाह्रो भएको उनी बताउँछिन्् । कारण, ‘धेरै क्यारेकटरको रोलमा अभिनय गर्न पर्न थियो । क्यारेक्टरमा लैजान आफूलाई गाह्रो भएको थियो, उनी भन्छिन् ।’

नाटकमा उनले पाएको पात्रको भूमिका कडा परिश्रमको साथ निर्वाह गर्छिन । त्यही भएर पनि होला उनलाई दर्शकले धेरै रुचाउछन् । प्रगती स्कुलको सर दिनेशकुमार श्रेष्ठ र प्रकट पंगेनी शिवको प्रेरणाले नाकटमा अभिनय गर्न हौसला मिलेको उनले सुनाइन् । ‘प्रकट पंगेनी शिव सरले नै मलाई पोखरा थिएटरमा ल्याउनु भएको हो,’ उनले विगत सम्झ्दै भनिन्, ‘सायद त्यो वेला नाटकमा नआएको भए कहाँ हुन्थे कुन्नी ?’

नाटक गर्नु अघि उनलाई बडी ल्याङग्वेजका बारेमा, क्यारेक्टरमा आफूलाई कसरी प्रस्तुत गराउने जस्ता कुराहरुले दिनहुँ सताउथ्यो । आफ्नो अभिनयलाई दर्शकमाज कसरी उत्कृष्ट रुपमा प्रस्तुति गर्ने भन्ने सोचमा सधै वविता डुवि रहन्थिन् । ‘अभिनय गाह्रो कुरा हो,’ उनले भनिन्, ‘आफ्नो वास्तविक जिन्दगीलाई भूलेर कहिले दर्शकलाई हसाउन पर्छ तर कहिले रुवाउनु ।’

आफ्नो जीवनमा अभिनयको ज्यादै ठुलो महत्व रहेको उनको बुझाई छ । ‘अभिनय भनेपछि त मलाई अरु केहि कुराको ध्यान नै हुदैन्,’ उनले भनिन, ‘अभिनय त मेरो लागि साथिनै हो ।’ आफ्नो पूरै जीवन अभिनयमा विताउने उनको सोच छ ।

आफूले खेलेको दोस्रो नाटकमा आफ्नो प्रशंसा सुनेर उर्जा मिलेको उनी बताउँछिन् बताइन् । ‘नाटक ‘वितेका कुरामा दुई सन्तानकी आमाको भुमिकामा अभिनय गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यो नाटकलाई पनि सबै मन पराइदिए ।’ पारिवारिक दायित्व, प्रेम, रोमान्स, समस्यासँगै आमाले छोराछोरीमा गरेको मायालाई वितेका कुरामा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

दर्शकको प्रतिक्रियाले झन बढि मेहेनत गर्न प्रेरणा मिलेको उनी सुनाउँछिन् । ‘कामको तारिफ पाउँदा जिम्मेवारी बढेको महसुस हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि अभिनय बेष्ट गर्न धेरै मेहनत गर्छु ।’

नाटक विधा जटिल भएपनि भविष्य राम्रो देखेर आफू प्रवेश गरेको उनले बताइन् । ‘काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘आफ्नो सपना पूरा गर्न चुनौतीलाई अगाल्नै पर्छ, जुन सपना यस क्षेत्रमा देखेकी छु त्यो पूरा गर्छु ।’

कक्षा ३ मा पढ्दा उनले पहिलो नाटक गरेकी हुन् । एक असल विद्यार्थी बनेर उनले नाटकमा अभिनय गरेकी थिइन् । उनले ३ कक्षा पढेदेखि नै स्कुलमा हुने प्रोग्राम, अतिरिक्त क्रियाकलापमाा सधै भाग लिने गर्थिन् ।

कक्षा १० मा पढ्दा ट्यालेन्ट हन्टमा पार्टिसिपेन्ट भएकी थिइन् । यस पार्टिसिपेन्टमा बबिताले प्रथम स्थान हासिल गरेकी थिइन् । बबितालाई सानै देखि अभिनय, नाच, गायनमा बढी रुची थियो । बबिताको अभिनयलाई स्कुलमा साथीहरुले मात्र नभएर सरहरुले पनि उक्तिकै मन पराउथे ।

स्कुलमा मात्र नभई उनले कलेज पढ्दा सम्म पनि आफ्नो प्रतिभालाई देखाउने मौका गुमाइनन् । उनले प्रकट पंगेनी शिवले निर्देशन गरेको ‘निलाम बरको आकाश युद्ध’ नाटकमा आफ्नो अभिनय देखाएकी थिइन् । त्यो नाटकमा पनि बबिताको अभिनयलाई सबैले मन पराएका थिए ।
नाटकमा खेल्दा जस्तो रमाइलो आफूलाई अरु चिजमा नलाग्ने उनी सुनाउँछिन् । ‘नाटकमा मेरो छुट्टै अनुभवहरु रहेको छ,’ उनले भनिन्, ‘नाटकमा अभिनय गर्दा मनभित्र अर्काे खालको आनन्द आउँछ । अभिनय गर्दा आफूलाई पूरै क्यारेक्टर भित्र डुबेको फिल गर्छु ।’

यस क्षेत्रमा प्रवेश गर्दा लगानीको समस्या रहेको उनले बताइन् । ‘सबै परिवारसँग नै खर्च मागेर चलाउनु पर्ने हुन्छ,’ उनले भनिन्, ‘उहाँहरुको सपोटले नै आज यहाँसम्म आएको छु, यो यात्रा रोकिदैन् ।’

स्नातक दोस्रो बर्षमा अध्ययनरत बबिताले अध्ययन सँगै नाटकलाई पनि निरन्तर दिइराखेकी छिन् । नाटक, चलचित्र, गीत खेलकुद, साहित्यमा पनि उनको लगाव रहेको छ । नाटककै क्षेत्रमा आफूलाई अगाडि बढाएर भविष्यमा थिएटर नै गर्ने उनको सोचमा रहेको सुनाइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.