www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियन कुलिनरी विषयअध्ययन अब पोखराको कान्तिपुर कलेजमा

पोखरा
ताण्डव न्यूज ।

गुणस्तरीय शिक्षाका लागि नेपालबाट वर्षेनी हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु अष्टे«लिया, न्युजिल्याण्ड लगायतका मुलुकहरुमा जाने संख्या बढ्दो छ । नेपाली विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै पोखरामै पहिलो पटक आधुनिक शिक्षा प्रदान गर्न सफल कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्टले होटल म्यानेजमेन्टमा नयाँ कोर्षहरु सञ्चालनमा ल्याएको छ ।

पोखरा–९, सुन्दरमार्गमा मुख्य कलेज सन् २०१४ बाट सञ्चालनमा ल्याई कलेजले हाल अष्टे«लियाको कुलिनरी सोलुसन अष्टे«लियाबाट सम्बन्धन लिई ६ महिने डिप्लोमा इन होटल म्यानेजमेन्ट, ६ महिने डिप्लोमा इन कुलिनरी आर्टस्, बार टेण्डर, बारिस्ता जस्ता कोर्षहरुमा अध्ययन सञ्चालन गरेको हो ।

Batas

‘हरेक ३ महिनाको एउटा ब्याचमा ३२ जनाको सिटमा विद्यार्थी भर्ना लिइन्छ,’ कलेजका फाउन्डर एवं चियर मेन विजय पौडेलले भने, ‘प्रवेश परिक्षा लिई कलेजले निर्धारण गरेका सिमाहरु पार गर्न सकेपछि विद्यार्थी पढ्न योग्य हुन्छन् ।’ भर्ना हुन चाहने विद्यार्थीले कलेजले तयार गरेको आवश्यक मापदण्ड भित्र मेडिकल, अंगे्रजी भाषा परिक्षण, हस्पिटालिटी सम्बन्धी सामान्य ज्ञान, टुरिजम कम्युनिकेशन क्षमता र विद्यार्थीको स्वइच्छा हो की होइन भन्ने कुराहरुको जाँच पश्चात्त मात्र विद्यार्थीलाई भर्ना लिइने उनले जनाए ।

कलेजमा विद्यार्थी भर्ना भईसकेपछि युनिफर्म, लकर, होस्टल, स्टेशनरी, ब्रेकफास्ट, लञ्च, टिफिन, डिनर, पढाई अवधीभर कलेजकै नियम परिधिभित्र रहेर कलेजकै निगरानीमा उपलब्ध गराइने कलेजले जनाएको छ ।

दैनिक बिहान ७ बजे देखि ५ बजेसम्म कलेजमा नियमति पढाई हुनेछ । पढाईको अवधीमा २ घण्टा रेष्ट र बेलुका ७ बजे देखि १० बजेसम्म एक्स्र्टा ट्युशनको समेत व्यवस्था कलेजले मिलाएको छ । ६ महिने कोर्ष सकिए लगत्तै विद्यार्थीको परिक्षा लिइने छ । उक्त परिक्षामा उर्तीण विद्यार्थीले अष्टे«लियाबाट २ महिना भित्रमा सर्टिफिकेट प्राप्त गर्न सक्नेछन् ।

पढाई पश्चात्त भने विद्यार्थीलाई रोजगारीको लागि कुनै पनि झन्झट नरहेको कलेजका प्रबन्ध निर्देशक राम कोडाण्डाले जानकारी दिए ।

‘कलेजबाट निशुल्क सेवा लिई दुवई, बहराइन, माल्दिभ्स लगायत देशहरुमा रोजगारीको लागि जान सक्नेछन्,’ उनले भने, ‘निम्न देशहरुका ५ तारे होटलहरुमा रोजगारीको ग्यारेण्टी कलेजले नै गरिदिने हुँदा विद्यार्थीलाई सोही अनुसारको पाठ्यक्रममा अध्ययन गराईरहेका हुन्छौं ।’अथवा, विद्यार्थीले अष्टे«लियन सर्टिफिकेट प्राप्त गरेपछि मिडलिस्ट कन्ट्रीका तारे होटलहरुमा ४ वर्षसम्म अनुभव बुटल्न सक्छन् । सो अवधि पछि भने विद्यार्थीले इच्छाएको खण्डमा अष्टे«लिया, न्युजिल्याण्ड जस्ता सम्पन्नशाली देशहरुमा कुकिङ र प्रोफेसनल भिसामा डाइरेक्ट वर्क परिमिट पाउने व्यवस्था रहेको कलेजले जनाएको छ । यो विद्यार्थीका लागि दोस्रो फाइदा र काउन्टेबल जब समेत रहेको कलेजको भनाइ छ ।

कलेजबाट विद्यार्थीले पाउने तेस्रो फाइदा भनेको कान्तिपुर कलेजमा डिप्लोमा इन कुलिनरी आर्टस् पढेका विद्यार्थीहरुले अष्टे«लियामा १ वर्षे टे«निङ भिसामा समेत पढ्न पाउने व्यवस्था छ । वा एड्भान्स डिप्लोमा पढ्न अष्टे«लिया सिधैं जान पनि सकिने प्रबन्ध रहेको कलेजले जनाएको छ । पोखराको कान्तिपुर कलेजमा नै यो कोर्ष गरेपछि रोजगारीको सिर्जनाका प्रसस्त सम्भावना समेत रहेको कलेजका फाउन्डर विजय पौडेलले बताए ।

‘विद्यार्थी भिसामा अष्टे«लिया गएर होटल म्यानेजमेन्ट लेवल ३ पढ्न जानेको चाहना पनि प्रसस्त देखिन्छ,’ उनले भने, ‘सोही कोर्ष पढ्न अष्टे«लियामा १७ लाख देखि २० लाखसम्म खर्च लाग्छ भने कान्तिपुर कलेजमा आधा भन्दा कम खर्चमा पढ्न पाइन्छ ।’ एउटै प्रकृतिको कोर्ष अध्ययन गर्न चाहने विद्यार्थीले विदेशी मुलुकमा गएर महंगोमा पढ्नु पर्ने बाध्यता टरेको पौडेलको दाबी छ ।

कलेजले कुनै पनि पक्षलाई विदेशी शिक्षा पद्दती अनुसारको मापदण्ड कम हुन नदिने गरी आफ्नै भवनमा सुविधासम्पन्न पूर्वाधार सहितको अध्ययन गराउने कार्य गर्दै आईरहेको छ । अत्याधुनिक ल्याव, आधुनिक इकुप्मेन्ट, एसी सहितको प्रशिक्षण कक्षाहरु, इन्टरनेटको सुविधा साथै, कलेजको आफ्नै क्यान्टिनमा विद्यार्थीले प्रयोगात्मक सिकाई सिक्न पाउने विशेषता कलेजको रहेको छ ।

मुलुकमा बढ्दो बेरोजगारीको अन्त्य गर्नका लागि अध्ययन पश्चात्त कलेजको तर्फबाट वैदेशिक रोजगारीको ग्यारेण्टी गरिने कलेजले जनाएको छ । थप जानकारी दिँदै कलेजका फाउन्डर विजय पौडेलले विदेशी प्रशिक्षक तथा म्यानेजमेन्टमा विद्यार्थीले अध्ययन गर्न पाउने अवसर भएकाले पनि विदेशमा गएर काम गर्न भविष्यमा विद्यार्थीलाई कुनै अन्यौलता नहुने जानकारी गराए ।

विद्यार्थीहरुको बढ्दो चापलाई मध्यनगर गर्दै आगामी वर्ष देखि अर्को सुविधासम्पन्न भवनमा व्याचअलर इन होटल म्यानेजमेन्ट (विएचएम) विषयको अध्ययन गराउने कलेजको मुख्य योजना रहेको पौडेलले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.