www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : दुई विधेयक विधायन समितिमा

पोखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशसभाको आज अाइतबार बसेकाे बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई विधायन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

Lama collectio News Middle

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेकाे प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

त्यस्तै विधायन समितिका सदस्य सावित्रा रानाले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकको विधायन समितिको प्रतिवेदन सभामा प्रस्तुत गरिन ।

आजको बैठकमा शून्य समय र विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका विभिन्न विषयमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, सामाजिक विकासमन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जवाफ दिए।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालले सरकार मन्त्रालयअन्तर्गतका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउँदै घरबास पर्यटनको विकासका लागि कार्यविधि तयार गरी अघि बढेको जानकारी दिए।

सामाजिक विकासमन्त्री पुनले श्रमिकको न्यूनतम ज्याला सम्बन्धमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच छलफल भई न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार चार ५० कायम भएको जानकारी दिइन ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले बाढी पहिरोका कारण समस्यामा परेका कृषकको राहत तथा उद्धारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

तस्बिर:रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop