www.tandavnews.com
Fact ~ In search of truth

सांसदको माग : दीपक मनांगेको क्षेत्रमा उपनिर्वाचन गरियोस

पोखरा
ताण्डव न्यूज ।

मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित भएर पनि सपथ खान नपाई जेल चलान भएका राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन माग गरिएको छ ।

आज सोमबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा शून्य समयमा बोल्दै जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गराउन माग गरे । जनप्रतिनिधि विहिन अवस्थामा उक्त क्षेत्रलाई राख्न नहुने भन्दै थापाले संसदमा ध्यानाकर्षण गराए ।

Batas

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषि ठहर मनांगे मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित भएलगत्तै जेल चलान भएका थिए ।

गण्डकी प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ६० जना सांसदको व्यवस्था भए पनि हालसम्म ५९ जनाले मात्रै संसदमा सहभागी जनाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.