पोखरा
ताण्डव न्यूज ।
पोखरा–१८ जामुनबोटमा रहेको रत्न प्राविको जग्गा भाडामा दिएको विषयमा विवाद सुरु भएको छ । विद्यार्थी संख्या कम भएपछि मर्ज भएर एक वर्ष अघि खारेज भएको विद्यालय तत्कालिन व्यवस्थापन समितिले २० बर्षको लागी विष्णु पराजुलीलाई भाडामा दिएको हो ।
विद्यालय खारेज भएपछि महानगरपालिको स्वामित्वमा आउनु पर्ने पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताए । ‘त्यो वेला २० वर्षको लागि कसरी दिए हामी दङ्ग खाएका छौ,’ उनले भने, ‘करिब ३० रोपनी जग्गा संरचनासहित २० वर्षको लागी । त्यो पनि वार्षीक जम्मा १५ हजारमा । केही नभएपनि अहिले त्यो ठाँउ भाडामा दिने हो भने वर्षीक १० लाख भन्दा माथीको आम्दानी हुन्छ ।’

समिति नै खारेज भएपछि स्थानीयले त्यस विषयमा गुनासो गरेको वडाध्याक्षले सुनाए । ‘एक त समिति नै छैन । उसले गरेको सम्झौतामा स्थानीयलाई शंका छ,’ उनले भने, ‘त्यसै माथी विद्यालयको जग्गामा अनुमती विना भौतिक संरचना बनाएर जाड सक्सी वेच्ने काम भएको छ । मैले यस विषयमा महानगरपािलकामा समेत जानकारी गराएको छु ।’
विद्यालय संचालन भएको वेलामा भाडा वापत विद्यालयलाई रकम आएको विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष ईन्द्रबहादुर थापाले बताए । ‘त्यो वेला रकम आएको थियो तर विद्यालय खारेज भएपछि रकम आएको छैन्,’ उनले भने, ‘अब हाम्रो हातमा छैन मैले भाडामा लिएका व्यक्तिलाई वडा कार्यालयमा गएर निकास निकाल्न भनेको छु ।’
यस विषयमा महानगरपालिकामा जानकारी आएको मेयर मानबहादुर जिसीले बताए । ‘जग्गाको विषयमा बुझ्दै छौ,’ उनले भने, ‘त्यसलाई के गर्नु पर्ने हो छलफल गरेर अघि बढ्छौ ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.