www.tandavnews.com
Fact ~ In search of truth

संविधान संशोधनको विकल्प छैनः उपप्रम यादव

भक्तपुर ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भने , “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।”

Batas

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव भएको बताउँदै यादवले भने, “अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।”

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन गाउँगाउँमा यस वर्ष एक हजार २०० वटा केन्द्र स्थापना गरिने बताउँदै स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिए । उनले मन्त्रालयले भक्तपुर अस्पतालका लागि एम्बुलेन्स ल्याइसकेको र अब केही दिनभित्रै हस्तान्तरण गरिने बताए । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.