www.tandavnews.com
Fact ~ In search of truth

२४ औं विश्व आदिवासी जनजाति दिवसकाे पोखरामा भव्य तयारी

पोखरा
ताण्डव न्यूज ।

श्रावण २४ गते २४ औँ विश्व आदिवासी जनजाति दिवस पोखरामा भव्य रुपमा मनाइने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको जानकारी दिइएको हो ।

दिवसको अवसरमा सांस्कृतिक भेषभुषा, झाँकी, र्याली र विविध कार्यक्रम गरिने नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष धर्मबहादुर गुरुङले जानकारी दिए । विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि आन्दोलन जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा कार्यक्रम मनाइने गुरुङले बताए ।

Batas

नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद कास्कीको आयोजनामा हुने कार्यक्रमको प्रमुख अतिथि देवप्रसाद गुरुङ रहनेछन् ।

र्याली सभागृहबाट सुरु भई नदीपुर थकाली सेवा समाज पुग्ने छ ।

‘पहिचान प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ दिवस देशभर मनाइदै छ ।

विश्वभरका आदिवासी जनजातीहरुलाई उत्पीडनबाट मुक्ती दिलाउन संयुक्त राष्ट्र संघद्धारा सन् १९९४ मा विश्व आदिवासी जनजाती दिवस मनाउन घोषणा गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.