www.tandavnews.com
Fact ~ In search of truth

गाउँपालिका उप-प्रमुख विरूद्ध वडाध्यक्षहरु धर्ना

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

गाउँपालिकाकी उपप्रमुख जसमति गुरुङले बिना कारण स्पष्टीकरण सोधेर आफुलाई पदच्यूत गर्न खोजेको भन्दै पर्वतकाे पैयूँ गाउँपालिका अन्तर्गत वडा नं. ४ हुवासका वडाध्यक्ष महेन्द्र श्रेष्ठ सहित अन्य २ जना वडाध्यक्षहरुले संयुक्त रुपमा धर्ना शुरु गरेका छन ।

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित बनेका श्रेष्ठ सहित नेकपा कै वडाध्यक्षहरु उमाकान्त भुर्तेल र बिष्णुप्रसाद काफ्लेले गाउँपालिकाको कार्यालयको मुख्य गेटमा नै धर्नामा बसेका छन ।

Batas

गाउँपालिकाकी उपप्रमुख गुरुङले आफु जापान गएको बिषयमा बिना कारण स्पष्टीकरण सोधेर पद रिक्त गराउने प्रयास गरेको भन्दै आफुहरु धर्नामा बसेको वडाध्यक्ष श्रेष्ठले बताए । उनीहरुले उपप्रमुख गुरुङको राजीनामा माग गर्दै बुधबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिएका छन ।

उपप्रमुख गुरुङको बिरुद्धमा बुधबारबाट नै अनसन बस्ने कार्यक्रम तय गरिएको भएपनि पार्टीको निर्देशनको आधारमा अनसन नबसेपनि धर्नामा भने बसिएको श्रेष्ठको भनाई छ । विवाद सुल्झाउन गाउँपालिकाको कार्यालयमा वार्ता गरिएको भएपनि उक्त वार्ता निष्कर्ष बिहीन भएका कारण बिहीबार पनि आफुहरुको धर्नालाई जारी राख्ने धर्नामा बसेका वडाध्यक्षहरुले जानकारी दिएका छन ।

नेकपाका प्रतिनिधीहरुले काँग्रेसबाट चुनाव जितेकी उपाध्यक्ष गुरुङ्गले राजिनामा दिनुपर्ने अडान राखेका छन भने नेपाली कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधीहरुले भने उपाध्यक्षले माफी मागेर समस्याको निकास निकाल्ने पक्षमा देखिएका छन ।

आफुले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यबाहक दिएर जापान गएको र कार्यबाहक दिईएकोबारे गाउँपालिकामा लिखित पत्र समेत दर्ता गराएको वडाध्यक्ष श्रेष्ठको दावी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.