www.tandavnews.com
Fact ~ In search of truth

कुश्माका नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थीलाई पोशाक वितरण गर्ने

संजय रेग्मी
पर्वत, कुश्मा

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफूले प्राप्त गर्ने सरकारी सुविधाको रकमले एउटा विद्यालयका विद्यार्थीहरुलाई पोशाक सहयोग गर्ने भएका छन ।

जोशीले कुश्मा नगरपालिका वडा नं. २ खुरकोटमा रहेको जगदम्बा आधारभूत विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई एक/एक सेट पोशाक सहयोग गर्ने भएका हुन ।

Batas

नगर प्रमुख भएको हैसियतमा राज्यबाट प्राप्त हुने रकमलाई सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका नगरप्रमुख जोशीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा हौसला थप्न सहयोग गर्न लागेको खुलाए ।

स्थलगत अनुगमनका लागि विद्यालयमा पुगेका नगरप्रमुख जोशीले विद्यालयमा पुगेर शिक्षक र विद्यार्थीसंगै अन्तरक्रिया पनि गरे । विद्यालयमा आर्थिक अवस्था न्यून भएका बालबालिकाहरुले अध्ययन गरिरहेको जानकारी पाएपछि उनले पाउने तलबबाट केही सहयोग गर्ने जनाए ।

साथै, सोही सन्दर्भमा जोशीले कुश्मा स्थित व्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई पनि आप्mनो पारिश्रमीक बापत पाउने रकमबाट ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.