www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: ८ जना जुवाडे पक्राउ (नामसहित)

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले ८ जना जुवाडेलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सृजनाचोकका ४७ वर्षीय सुरेश परियार, ६८ वर्षीय ओमप्रसाद गुरुङ, ५६ वर्षीय जगतबहादुर थापा, पोखरा–१५ नयाँ गाँउका ३८ वर्षीय आन्नद गुरुङ, सोही ठाँउका ५७ वर्षीय निम गुरुङ, पोखरा ११ का ४४ वर्षीय अमृत गुरुङ, पोखरा–१० नयाँबजारका ४८ वर्षीय जुनमाया गुरुङ र राष्ट्र बैक चोकका ५१ वर्षीय टंक प्रसाद सुवेदी छन् ।

Batas

कास्की प्रहरीले उनीहरुलाई पोखरा ७ सृजनाचोक थापाको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

तास खेलेको ठाँउबाट १२ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर राना मगरले बताए ।

‘पक्राउ परेका मध्ये ४ जनाले तास नखेली हेरेर बसेको भन्ने कुरा आएको छ । यदि यस्तो हो भने उनीहरुलाई छाड्न सकिन्छ,’ उनले भने, ‘अन्य ८ जनाको हकमा भने कारवाहीको प्रक्रिया अघि बढाउछौं ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.