www.tandavnews.com
Fact ~ In search of truth

पूर्व सञ्चारमन्‍त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ

काठमाडौँ ।

पूर्व सञ्चारमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाको घर नजिक बम विष्फोट गराएको आशंकामा एक जना पक्राउ परेका छन् ।

भक्तपुर लोकन्थलीमा रहेको बास्कोटाको बन्दै गरेको घर बाहिर बिस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम भइरहेको छ।

बाँस्कोटाको घर नजिक आज बुधबार बिहान कुकर बम विस्फोट भएको थियो ।घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.