www.tandavnews.com
Fact ~ In search of truth

२१ करोडमा शिसुवा–पोल्याङटार सडक पिच, सांसद खगराजले गरे शिलान्यास

पोखरा
ताण्डव न्यूज ।

कास्कीको क्षेत्र नं. १ स्थित शिुसुवा–पोल्याङटार सडक खण्ड पिच हुने भएको छ ।

नेपाल सरकारको बजेटमा १६ किमीको सडक खण्ड पिच निर्माणका लागि आज आइतबार सोही क्षेत्रका प्रतिनिधि सभाका संघीय सांसद खगराज अधिकारीले शिलान्यास गरे ।

Batas

आयोजनाको कुल लागत २१ करोड ३२ लाख ९९ हजार ५५० रुपैयाँ रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद अधिकारीले स्थानीयबासीको वर्षौ पछि सुविधा युक्त मोटरबाटो प्रयोग गर्ने सपना पुरा हुने बताए ।

आफू ०५१ सालमा सांसद भएपछि आफ्नै पहलमा कास्की, लमजुङ र तनहुँ जोड्ने सडक विस्तार गरेको सम्झदैं अब बन्ने पिच सडक कास्कीको दक्षिण पूर्वी भागको लाइफ लाइन भएको बताए । ‘सडककै कारण थुप्रै मानिस गाउँ छोडेर बजार झरे,’ उनले भने, ‘अब सडक निर्माण भएपछि यहाँबाट बसाईसरेका पुनः गाउँमै फर्किने वातावरण बन्नेछ ।’ सडक यातायात आर्थिक विकासको मेरुदण्ड भएकोले अब कुनै पनि स्थानीय उत्पादन गाउँमै खेर जाने समस्या नरहने उनले जनाए ।

अधिकारीले आयोजनाको काम समयसीमा भित्र सक्ने गरी गुणस्तरीय पिच निर्माण गर्न ठेक्का सम्झौता गरेको कम्पनीलाई निर्देशन दिए । साथै, निर्माणका क्रममा स्थानीयबाट कुनै किसिमको अवरोध सिर्जना नगरी सयममै काम सम्पन्न गर्ने वातावरण तयार गर्न स्थानीयलाई आग्रह समेत गरे ।

१८ महिना भित्र आयोजना सक्ने लक्ष्य

ठेक्काको जिम्मा पाएको एम/एस आसिस र फेवा जेभी पोखराले १८ महिना अर्थात् आगामी २०७६ माघ पहिलो साता भित्र आयोजना सम्पन्न गर्ने सम्झौता गरेको छ ।

सडक ६.२५ मिटरको चौडाइमा निर्माण हुने छ जसमध्ये १ मिटर (ड्रेन) नाली निर्माण गरिनेछ । सडक खण्डमा ३० वटा ह्युमपाइप कल्र्भट निर्माण हुनेछन् । आयोजना लागू भएसँगै सडकको केन्द्रभागबाट १०/१० मिटर मापदण्ड तोकिएकोले सो मापदण्ड भित्र कुनै पनि संरचना निर्माण गर्न पाइने छैन । आयोजना अन्तर्गत सडक खण्ड चक्लाबन्दी, ग्याविन वाल निर्माण, विपद् व्यवस्थापन सहित पिच सम्पन्न गरिने जनाइएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद दीपक कोइराला, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, सडक उपभोक्ता समिति अध्यक्ष हस्त कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति इन्जिनियर प्रमुख नारायण बराल, र आयोजना निर्माण सम्झौता गरेको कम्पनीका राजेन्द्र पहारी लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.