www.tandavnews.com
Fact ~ In search of truth

लेखक र पाठकबीचको आत्मियता प्रगाढ बनाउन ‘फाइनप्रिन्ट फिभर’ पोखरामा

पाेखरा ।

एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले यही भाद्र २ गते शनिबार, पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टको सहकार्यमा फाइनप्रिन्ट फिभर गर्दैछ ।

२०७५ सालमा नयाँ वर्षको शुरुवात सँगै सुरु भएको उक्त घुम्ती साहित्य उत्सव सुर्खेत (वैशाख १५), धनगढीमा (वैशाख १७) र कोहलपुरमा (वैशाख १८) सफलता साथ सम्पन्न गरिएको थियो । पोखरामा हुन लागेको उक्त उत्सवको उद्देश्य पठन संस्कृति प्रवद्र्धन गर्नु, लेखक र पाठकबीचको आत्मियता अझ प्रगाढ बनाउनु हो ।

Batas

उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका लेखकहरु महको म का लेखक मदनकृष्ण श्रेष्ठ, रजगजका लेखक हरिबहादुर थापा, माङगेनाका लेखक युग पाठक, काठमाडौंमा एक दिनका लेखिका शिवानी सिंह थारु, यार का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् ।

उक्त कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।

फाइनप्रिन्ट फिभरको समापन लगत्तै साझँ ६ बजे ‘अ कन्र्भससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको रात्रिभोज सहितको कार्यक्रम हुनेछ । सशुल्क हुने यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ । साथै, श्रेष्ठ र कन्दरा ब्याण्डले आफ्ना केहि कालजयी गीतहरु प्रस्तुत गर्नेछन् ।

उत्सवमा सहभागी हुने लेखिका शिवानी सिंह थारुले भनिन्, ‘फाइनप्रिन्ट फिभरजस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गर्छ । हामी लेखकले हाम्रा सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउँछौ भने पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउँछन्, जसले साहित्यलाई समृद्ध बनाउँछ । त्यसैले यस्ता कार्यक्रमहरु भइराख्नु आवश्यक छ ।’

कार्यक्रम सहआयोजक रहेको सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टका प्रबन्ध निर्देशक आर्दशमान श्रेष्ठ भने, ‘सिटी स्क्वायरलाई विवाह, व्रतबन्ध जस्ता कार्यक्रमको मात्र थलो नबनाई कला, साहित्य, संस्कृतिको साझा गन्तव्य बनाउन प्रयत्न गरिरहेका छौं ।’ उनले थपे, ‘नेपालका चर्चित व्यक्तित्व तथा लेखकहरुलाई आफनै आगनमा स्वागत गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.