पोखरा
ताण्डव न्यूज ।
सोमबार फेवा किनारको केदारेश्वर मन्दिर परिसरमा बृहत वृक्षारोपण कार्यक्रम थियो । प्रमुख अतिथि महानगरका मेयर मानबहादुर जिसी थिए ।
लायन्स क्लब अफ लेक भ्यालीको आयोजनामा १०८ पिपलका विरुवा रोपिदैं थियो पार्कमा । पूर्व निर्धारित कार्यक्रमको सेडुअल अनुरुप नै कार्यक्रम सम्पन्न भयो । मेयरले उद्घाटन गरेपछि १०८ पिपल रोपिए । मेयर जिसीले लायन्ससँग सहकार्य गर्दै, यस्तै खाले कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त पनि गरे ।

सोही १०८ विरुवामाथि अहिले प्रश्न उठेको छ ।
‘विरुवाको उचाई जम्मा २ देखि २.५ इन्च ? मेयर सा’बले ६ फिट भन्दा होचा विरुवा रोप्न नदिने भन्नुभएको हैन ? केही विरुवा ३ इन्च सम्मका छन् ’ राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेल प्रश्न गर्छन् ‘आफैं प्रमुख अतिथि भएको कार्यक्रममा यो कुरा ख्याल गर्नु पर्दैन ?’ मेयर जिसी स्वयंले भनेको कुरा लागू नगरेकोप्रति उनको दुखेसो थियो ।
साथै, विरुवा संरक्षणकालागि ट्री गार्ड पनि नराखिएको पौडेलले बताए ।
यसबारे मेयरसा’बलाई तपाइले त साह्रै साना विरुवा रोप्नु भएछ नि ? भनेर प्रश्न गर्दा विरुवा सानो भएको स्वीकारे ।
‘पिपलका विरुवा नर्सरीमा प्रायः पाइदैंन । आयोजकबाट ६ फिट बराबरको विरुवा नपाइएको जानकारी भएपछि उपलब्ध गराइएका विरुवा नै रोपेको हुँ ।’ मेयर जिसीले भने ‘वृक्षारोपण गर्नु राम्रो कार्य हो । अब रोपिएका विरुवालाई संरक्षण गरिनुपर्छ ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.