www.tandavnews.com
Fact ~ In search of truth

रत्न मन्दिरलाई सङ्ग्रहालयमा विकास गरिने

पोखरा ।

प्रदेश सरकारले फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ ।

रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरिएको हो ।

नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए।

“हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गर्ने हाम्रो योजना छ”, उनले भने, “यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक सङ्ग्रहालय बनाउने तयारी रहेको छ ।”

पूर्वराज परिवारले सीतकालीन दरबार(विन्टर प्यालेस)का रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतिकका रुपमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीय बासिन्दाले माग गर्दै आएका थिए ।

स्व राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर विसं २०६३ को राजनीतिक परिवर्तनसँगै मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर विसं २०६७ देखि नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.