www.tandavnews.com
Fact ~ In search of truth

बाटोकै निम्ति धेरै गुनासा आउँछन्

पोखरा
ताण्डव न्यूज ।

अध्यक्ष हुनुभएको लामो समय भयो, अहिलेसम्म गाउँ विकासको लागि के–के गर्नुभयो ?

यस गाउँपालिका भित्र रहेका खच्ची बाटाहरु सबैको डिपिआर गर्यौँ । दोस्रो नेपालकै पहिलो अन्नपूर्ण पदयात्रा २७ किलोमिटरको डिपिआर गर्यौँ । एक घर एक धाराको गतवर्ष देखिबाट नै सुरु गरेका छौं । कृषिमा गत वर्ष नै कृषकहरुको लागि ५० प्रतिशत अनुदानमा २६ वटा ट्याक्टर बाड्याैँ । ११ जना भेडा हेर्ने गोठालाहरुलाई पालहरु वितरण गर्याैँ ।

Batas

शिक्षामा प्रत्येक इसिजी कक्षामा राज्यले ६ हजार दिएकोमा हामीले वार्षिकी २ हजार रुपैयाँ ५५ जनालाई थपेर दिएका छौँ । अर्काको सहारा चाहिने अपाङ्ग भएका व्यक्तिहरुलाई स्वास्थ्य उपचारको लागि भनेर ८२ जना वार्षिक ५ हजार रुपैयाँको दरले वितरण गर्यौँ । पर्यटन पदमार्गका निम्ति ४ वटा नयाँ पर्यटन रुट खोल्ने तयारीमा छौँ ।

जनताहरु गाउँपालिकामा कस्ता–कस्ता गुनासा लिएर आउँछन् ?

जनताको चाहना अत्याधिक छ । उहाँहरुको जनप्रतिनिधि आइसकेपछि धेरै विकासका कामहरु भएको हेर्ने चाहना छ । खानेपानी, पक्की बाटाहरु बनून्, सिँचाइ, स्वास्थ्य, विद्यालयमा दरबन्दी नहुदा निजी क्षेत्रका शिक्षकलाई गाउँपालिकाले तलब दिए हुन्थ्यो भन्ने खालका अपेक्षाहरु नै हुन्छन् ।

गाउँघर तिरका टड्कारा समस्याहरु के–के रहेछन् ?

गाउँघरमा अहिले दुई तिनबाट समस्या छन् । एउटा, धेरै नापी नभएका जग्गामा बस्ती बसेको छ । यो छिटो राज्यले नापी गरेर हाम्रो स्वामित्वमा ल्याइदिओस् भन्ने छ । अर्को, आयस्रोतमा लगानी गर्दिए हुन्थ्यो भन्ने मा छ । विशेष गरी बाटोकै निम्ति धेरै गुनासा आउने गर्छन् ।

तत्कालीन कुन योजनामा व्यस्त हुनुहुन्छ ?

अहिले नयाँ पर्यटन रुटको खोजी, मोटर बाटो र खानेपानीमा नै व्यस्त छौँ । विशेष गरी कृषिमा जोड दिएका छौं । जस्तो कि अहिले पशुगणना सुरु गरेका छौँ । यस गाउँपालिकामा बाख्रा, कुखुरा, बंगुर, गोरु कति भनेर गणना गरेका छौँ । त्यसपछि पशु उत्पादनमा लगानी गर्नेछौं ।

अबको ४ वर्षमा गाउँलाई कुन स्तरमा पाउँछौँ ?

अन्नपूर्ण गाउँपालिकालाई कृषि मैत्री र पर्यटन मैत्री हुनेछ । ०६८ को जनगणना अनुसार ६ हजार २९ घरधुरी छन् । गाउँमै भएको पानीलाई व्यवस्थित गरी एक घर एक धाराको पुर्याउने छौँ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.