www.tandavnews.com
Fact ~ In search of truth

अधिवक्ता बास्तोलालाई बार काउन्सिलले काट्यो पत्र

पोखरा
ताण्डव न्यूज ।

उच्च अदालत बार एसोसियसन पोखराका नवनिर्वाचित अध्यक्ष एवं अधिवक्ता रोहितराज बास्तोलालाई नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले ७ दिन भित्र जवाफ पेस गर्न पत्र काटेको छ ।

पोखरा–४, निवासी पदमकुमार माकाजुले गएको असार १५ गते अधिवक्ता बास्तोलालाई हदैसम्मको कारवाहीको माग गर्दै बार काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।

Batas

निवेदक माकाजुको कारवाही माग बमोजिम बार काउन्सिलको अनुशासन समितिले अधिवक्ता बास्तोलालाई सो सम्बन्धमा के कसो भएको भनी जवाफ पेस गर्न अनुरोध गर्दै पत्र काटेको हो । जसको समयसीमा आज सकिदै छ ।

नेपाल बार काउन्सिलले अधिवक्ता रोहितराज बास्तोलालाई ७ दिन भित्र जवाफ पेश गर्न भनी काटेको पत्र

निवेदक माकाजुले पवनकुमार प्रजापतिसँगको लेनदेनको विषयमा अधिवक्ता बास्तोलाबाट लिखित सम्झौता पत्र तयार गरेका थिए ।

सम्झौता अनुसारको आपसी लेनदेनको कारोबार नमिले पछि निवेदक माकाजु लिखित मस्यौदा तयार गर्ने अधिवक्ता बास्तोला समक्ष गई मुद्दा प्रक्रिया अघि बढाउन अनुरोध गरे ।

अधिवक्ता बास्तोलाले आफैं लिखित साक्षी रहेको लिखतसँग सम्बन्धीत मुद्दामा पैरवी गरी कानून व्यवसायीको आचार संहिता विपरितको कार्य गरेको निवेदक माकाजुको आरोप छ ।

अधिवक्ता बास्तोलाले लिखित गराएको सम्झौताको ९ नं. बुँदामा ‘सम्झौतापत्रमा लेखिएका शर्तहरु मध्ये कुनै शर्तको कुनै पक्षबाट परिपालना नभएमा सोको परिपालना गर्न गराउनका लागि पूर्व सम्झौतापत्रमा साक्षी रहेका व्यक्ति पोखरा–४, बस्ने तिर्थ राना, प्रदिपराज भण्डारी, कृष्णबहादुर थापालाई मध्यस्थता गर्न दिन दुवै पक्ष मन्जुर भइ विवाद समाधानका लागि पहल गर्न कानून अनुसार दुवै पक्ष सहमत भएको’ उल्लेख छ ।

तर उनले विवाद समाधानको लागि मध्यस्थताको विकल्प नअपनाई सोमा फिराद दाबी सहित मुद्दा दर्ता गर्न लगाएका थिए ।

जुन मुद्दालाई कास्की जिल्ला अदालत र उच्च अदालत पोखराबाट ‘करार सम्बन्धी उठेका कुनै विवादको सम्बन्धमा सोही करारनामाको शर्त बमोजिम गर्नुपर्ने र प्रस्तुत विषय करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने भइ सो अधिकार क्षेत्रबाट उपचार प्राप्त गर्न सक्ने देखिएकोले यस्तो दुइ पक्ष बीच सम्पन्न भएको करारको सम्बन्धमा उठेको विवादमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने’ उल्लेख गर्दै अदालतले माकाजुको मुद्दा उपर कारबाही गर्न नसक्ने भनी फिराद दाबी खारेज गरेको जनायो ।

साथै, कास्की जिल्ला अदालतमा जम्मा गरेको कोर्ट फि बापतको रकम ८४ हजार २ सय ७० रुपैयाँ जफत गर्ने फैसला सुनायो ।

निवेदक माकाजुका अनुसार आफैंले सम्झौता गरेको पत्रको ९ नं. बुँदामा नटेकी सोझै अदालत प्रवेश गरी बहससमेत गर्ने कार्य भएको जसबाट कानून व्यवसायीको आचारसंहिता विपरित पेशागत चरित्र र धर्मको बर्खिलाप हुने कार्य गरेको आरोप छ ।

अधिवक्ता बास्तोलाले आवश्यक प्रक्रियाको थालनी नै नगरी अनावश्यक रुपमा मुद्दालाई पेचिलो बनाई समयको बर्बाद गराएर मुद्दालाई नै कमजोर पारेको आरोप उनको छ ।

यो पनि पढ्नुहोस् ।

अधिवक्ता बास्तोला उपर कडा कारवाही माग

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.