www.tandavnews.com
Fact ~ In search of truth

बुच्चै भए बुटवलका सुन पसल

बुटवल ।

सुनको अभाव भएको भन्दै सुनचाँदी व्यसायीले रुपन्देहीमा आज पसल बन्द गरेका छन् ।

विभिन्न पर्व नजिकिन लाग्दा उनीहरुले सुन पर्याप्त आपूर्ति नभएको भन्दै पसल बन्द गरेका हुन् ।

सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताए ।

उनले २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएकामा चिन्ता व्यक्त गरे।

बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उनको भनाइ छ ।

जिल्लामा झण्डै ४०० सुनचाँदी व्यवसायी छन्, भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.