www.tandavnews.com
Fact ~ In search of truth

भारतले लगायो कोरोना विरुद्धको खोप निर्यातमा रोक

एजेन्सी,
ताण्डव न्यूज ।

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाएको छ ।

भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ ।

Batas

मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो संक्रमणका कारण आउने समय देशमै खोपको माग बढ्ने भएकाले खोप निर्यातमा रोक लगाइएको हो । भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि कोभ्याक्स अन्तर्गत विश्वका झन्डै १ सय ९० मुलुकलाई प्रभाव पर्ने देखिएको छ ।

भारतले अहिलेसम्म ७६ मुलुकमा कोरोनाविरुद्धको खोपको ६ करोड डोज पठाइसकेको छ । भारतमा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदै गएका छन् भने मृत्यु संख्या पनि दैनिक २ सय नाघेको छ । भारत विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक हो ।

जहाँ हालसम्म कोरोना भाइरसका कारण १ करोड १७ लाख ८७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.