www.tandavnews.com
Fact ~ In search of truth

कालिका लघुवित्तको नयाँ कर्मचारीलाई अभिमुखिकरण तालिम

स्याङ्जा
ताण्डव न्यूज ।

स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा नव प्रवेशी कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण तालिमको आयोजना गरेको छ । संस्थाले ५१ जना नव प्रवेशी कर्मचारीहरुलाई अभिमुखिकरण तालिम दिइएको हो ।

कार्यक्रममा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले संस्थामा जोडिन आएका नव प्रवेशी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यसैगरि संस्थाका योजना अनुगमन तथा मानव संशाधन विभाग प्रमुख खेम नारायण रेग्मीले कर्मचारीहरुलाई स्वागत संगै सहजिकरण गरेका दिएका थिए । त्यसै गरि संस्थाका लेखा विभाग प्रमुख खेमराज लम्साल सहितले सहजिकरण गरेको तालिममा कर्मचारीहरुलाई लघुवित्तको बारेमा जानकारी संगै लघुवित्तको इतिहास, पद्दती, कर्मचारीको काम, कर्तव्य, अधिकार, लघुवित्तको प्रक्रिया एवं संस्थाका बचत तथा कर्जा सुविधाहरुको बारेमा जानकारी गराइएको थियो ।

Batas
madi
machhapuchre

कार्यक्रमको सभाध्यक्षता गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले संस्थाको हालको अवस्था तथा भावि योजनाको बारेमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत बोहराले हाल ६० वटा शाखा सञ्चालनमा आइसकेको र राष्ट्रव्यापी रुपमा संस्थाले लघुवित्त सेवा दिने योजना भएकोले कर्मचारीहरुलाई सक्षम हुन तथा उत्कृष्ट कार्य सम्पादन गर्नको लागि निर्देशन तथा शुभकामना दिए । संस्थाले यस आर्थिक वर्ष भरिमा ९९ वटा शाखाहरु मार्फत सेवा विस्तार गरिने योजना रहेको पनि बताए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका संस्थाका सञ्चालक नित्या नन्द तिवारी कालिका लघुवित्त हिजो सानो तरिकाले शुरु भएर आज राष्ट्रिय स्तरको संस्था बन्नुमा कर्मचारीहरुको अहं भुमिका रहेको र उत्कृष्ट कर्मचारी बन्नको लागि नवप्रवेशी कर्मचारीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सञ्चालक बासुदेव पौडेलको सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.