www.tandavnews.com
Fact ~ In search of truth

‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’लाई ‘एस टु’ प्रोडक्सनको साथ

पोखरा ।

चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ स्पेशल इडिसन भिजिट नेपाल २०२० को इभेन्ट पार्टनरको रुपमा एस टु प्रोडक्सनले सहकार्य गर्ने भएको छ ।

मंगलबार सहकार्यका लागि एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र एस टु प्रोडक्सनका प्रमुख सुरज श्रेष्ठबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ‘इभेन्ट बाईको रुपमा एसटु प्रोडक्सनसँग सहकार्य गर्ने सहमती भएको छ’, निर्देशक पाण्डेले भने ‘हस्पिटालिटी थिमसँगै र भ्रमण वर्षलाई समेत टेवा पुग्ने गरि फोटो र भिडियो खिचिनेछ ।’

चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ मा १८ जना प्रतिस्पर्धी रहेका छन् ।प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिइरहेको कार्यक्रम संयोजक रेग्मीको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेको अवसरमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई ‘स्पेशल इडिसन भिजिट नेपाल २०२०’ को रुपमा आयोजना गरिएको छ ।एस टु प्रोडक्सन लामो समय देखी पोेखरामा इभेन्ट, फोटो , भिडियोको क्षेत्रमा क्रियाशिल रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.