www.tandavnews.com
Fact ~ In search of truth

यातायात व्यवस्था कार्यालय गण्डकी भन्छ “दैनिक ४०/५० वटा सवारीको भन्दा बढि काम गर्न सकिदैन्”

पोखरा।

यातायात व्यवस्था कार्यालय गण्डकीले तत्काल ईम्बोस्ड नम्बरप्लेट जडान गर्न कठिनाई भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कार्यालयमा ईम्बोस्ड नम्बरप्लेटका लागि थेगिनसक्नुको भीड बढेको भन्दै तत्कालका लागि दैनिक ४० देखि ५० वटा मात्र यस्तो नम्बरप्लेट जडानको लागि निवेदन लिन सक्ने क्षमता कार्यालयसंग भएको जनाएको छ ।

साथै कार्यालयले नयाँ दर्ता तथा सरुवा भई आउने सवारीमा मात्र यस किसिमको नम्बरप्लेट जडानको व्यवस्था मिलाउने जनाएको छ । साथै आवस्यक जनशक्तिको अभावका कारण यस्तो व्यवस्था गर्नुपरेको गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र प्रदेश ट्राफिक कार्यालयलाई अवगत गराइए कार्यालयका सूचना अधिकारी गणेश घिमिरेले जानकारी दिए ।

Batas

श्रावण १ गतेदेखि सबै सवारीमा ईम्बोस्ड नम्बरप्लेट नभएका सवारीलाई कारवाही गर्ने चेतावनीपछि यसको आलोचना समेत हुँदै आएको छ । गण्डकी कार्यालयले गरेको यो व्यवस्थाले आम सवारीधनीलाई केही राहत हुने देखिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.