संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिकामा गाँजाका बोटहरु फँडानी गरेको छ ।
गाउँपालिकाको वडा नं. ८ चित्रेको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका झण्डैं ६ सय बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी सहायक निरीक्षक भुवन बरामको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा उक्त संख्याका गाँजाका बोटहरु नस्ट गरेको हो ।
प्रहरी निरीक्षक खत्रीका अनुसार प्रहरीले मोदी गाउँपालिकामा गाँजा उत्पादन हुने गरेको भन्दै गाउँपालिका अन्तर्गतका अन्य वडाहरुको साथै जिल्लाका अन्य विभिन्न ठाउँमा पनि अनुगमनमा गाँजा नष्ट गर्ने अभियान चलाउँदै छ ।
जिल्लामा हालै मात्र सरुवा भएर आएका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जिल्लामा शान्ति सुरक्षालाई मजबुत राख्न आपूm कहीँ पनि नचुक्ने बताईरहेकै बेला प्रहरी गाउँमा गाउँमा पुगेर गाँजा नष्ट गर्न थालेको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.