पोखरा,
ताण्डव न्यूज ।
नेपालको मरुभुमी भनेर मुस्ताङलाई चिनिन्छ । यतिमात्र नभई मुस्ताङको परिचय फराकिलो बनाउन पर्यटकिय गतिबिधिले थप सघाउदै आएको छ ।
चिसो मौसमबाट अछुतो रहन नसक्ने मुस्ताङको सटिक पर्याय नेचर, कल्चर र एड्भेन्चर पनि हो । मुस्ताङ प्रबेश पश्चात देखिने ल्याण्डस्केपले जो कोही पर्यटकको मल प्रफुल्लित बनाउने गर्दछ ।
बिशेषगरी थकाली, शेर्पा तथा गुरुङ समुदायको बाहुल्यता रहेको मुस्ताङमा देखिने मरुभुमी, प्राकृतिक शौन्दर्यता, तालतलैया, खोलानाला, प्रष्ट देखिने मनमोहक हिमश्रृङ्लखा, धार्मिक महत्व बोकेका बौद्धगुम्बा तथा मठमन्दिरहरु आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा पर्ने गरेका छन ।
तस्बिर : मिलन थापा/सुशान्त गाहा मगर
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।