पाेखरा ।
पछिल्लो समयमा देशका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रूपमा बालिका र महिलामाथि बलात्कार र बलात्कार पछि भएका हत्याका घटनामा आरोपितलाई पक्राउ गरी कानून बमोजिम कडा सजाय र पीडित तथा पीडित परिवारलाई न्यायको सुनिश्चित् गर्न अधिकारकर्मीले सरकारसंग माग गरेका छन् ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा, गैसस महासंघ नेपाल कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, मानवअधिकार एलाईन्स कास्की, कोपिला नेपाल, संकल्प, मानवअधिकारको लागि महिला एकल महिला समूह कास्की लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट भदौ ११ गते जारी प्रेस विज्ञप्तिमा बालिका तथा महिला माथि यौन दुब्र्यवहार, बलात्कार तथा बलात्कार पछि हत्या जस्ता घटना बढ्दै जानुले कानूनी शासनको प्रत्याभूति गर्न नसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कैलाली, कञ्चनपुर, काभ्रे, सिराहा लगायत देशका बिभिन्न ठाउँहरूमा बलात्कार र हत्याका घटना साथै आज मात्रै कास्कीको फेवातालमा १३ वर्षीय सुष्मिता लामिछानेको शव भेटिएको घटनाले गम्भीर बनाएको भन्दै दैनिक रूपमा भएका यस्ता जघन्य अपराधले समाजमा सुरक्षित वातावरण नभएको महसुस गरिएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमार्फत संसदमा फौजदारी संहिता २०७४ संसोधन गरि बलात्कारका दोषीलाई आजिवन कारावासको व्यवस्था गरियोस भन्ने प्रस्ताव तत्काल पास गरि कानून बनाई कार्यान्वयन गर्न र महिलाको सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टी गर्न स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसंग माग गरिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.