www.tandavnews.com
Fact ~ In search of truth

‘हिट एण्ड रन’ प्रहरीको ज्यान गयो

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका– ५ मालेपाटन विश्वास पेट्रोल पम्प नजिक हिजो राति ११ बजेतिर एक सवारीले मोटरसाईकलाई ठक्कर दिँदा प्रहरी जवान रामप्रसाद पौडेलको ज्यान गएको छ ।

प्रहरी जवान अनिल गुरुङ र पौडेल सवार मोटरसाईकल जिरो तर्फ आउँदै गर्दा एक्कासी एक सवारीले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

Batas

सवारीको पहिचान हुन सकेको छैन् । ‘हिट एण्ड रन केस हो,’ उनले भने, ‘ठक्कर दिने सवारीको खोजी भईरहेको छ ।’

ठक्करबाट पौडेलको उपचारको क्रममा निधन भयो भने अर्का प्रहरी गुरुङको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ । दुवै प्रहरी पश्चिम सशस्त्र प्रहरी गणमा हातहतियार मर्मत गर्ने शाखामा कार्यरत थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.