www.tandavnews.com
Fact ~ In search of truth

भारतीय नागरिक लागू औषध सहित पोखरामा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१०, हस्पिटलचोकबाट लागू औषध ओसारपसार गरी विक्री वितरण गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट शादा पोसाकमा खटिएको टोलिले भारत लक्ष्मीपुर घई पोखरा–१, बगर बस्ने ४५ वर्षीय राम राजबर दावनलाई ३ सय थान लागू औषध सहित पक्राउ गरिएको हो ।

Batas

उनको साथबाट प्रहरीले १ सय थान डाईजापाम, १ सय थान बुफ्रिन, १ सय थान फेनेरागन बरामद गरेको हो ।

पक्राउ दावनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइरहेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.