पोखरा
ताण्डव न्यूज ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेसनलले आयोजना गरेको बृहत अष्टे«लियन शैक्षिक मेला शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।
बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला साँझ ५ बजेसम्म चलेको थियो । ग्रेस इन्टरनेसनल पोखरा शाखका सिइओ विजय श्रेष्ठका अनुसार ८ सय विद्यार्थीले प्रत्यक्ष रुपमा मेलाको अवलोकन गरे ।

कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्टे«लियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेसनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताद्वारा करियर काउन्सेलिङ सँगै एब्रोड स्टडिका विविध विषयमा परामर्श दिइएको थियो । सिइओ श्रेष्ठले अष्टे«यिाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहेको जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.