www.tandavnews.com
Fact ~ In search of truth

मोबाइल एक्स्पो आइतबारबाट

पोखरा
ताण्डव न्यूज ।

एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालि आइतबारबाट औपचारिक सञ्चालन हुने भएको छ । टावरको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्नेे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराका ८ युवा व्यवसायीको लगानीमा टावर सञ्चालनमा आएको हो ।

पोखरा टावर गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट भएको दावी प्रालिको छ । केही महिनादेखि अनौपचारिक सेवा दिइरहेको टावरलाई आइतबार औपचारिक शुभारम्भ गर्न लागिएको हो । शुभारम्भसँगै ‘मोबाइल एस्पो’ आयोजना गरिएको प्रालिका सचिव नारायण सुवेदीले बताए । ११ दिन चल्ने मेला भदौ २७ गतेसम्म सकिनेछ ।

Batas

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उपाध्यक्ष किरण ढकालले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने । बम्पर उपहारमा एमाहाको स्कुटर रहेको प्रालिले जनाएको छ ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेल टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।

टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बन्ने प्रालिका सचिव सुवेदीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.