www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा निर्माण व्यवसायीको चुनावी सरगर्मी, बराल प्यानलको यस्तो छ प्रतिबद्धता

hima aus

पोखरा ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा आनन्द बराल प्यानलले प्रतिबद्दता पत्र सार्बजनिक गरेको छ ।

बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्ययोजना सहित प्रतिबद्दता पत्र सार्बजनिक गरेको हो । पत्रमा सो क्षेत्रमा देखिएका अन्यौलता अन्त्य गर्ने, व्यवसायीहरुलाई सबल र सक्षम बनाउदै सार्वजनिक बिकाशमा जनसरोकार वृद्धि गर्ने, व्यवसायिक एकतामा जोड दिँदै सम्बृद्ध नेपाल निर्माणको अभियानमा सारथि बन्ने लगायतका विभिन्न १० बुँदे प्रतिबद्धता व्यक्त गरिएको थियो ।

opening soon

भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठबन्धन प्यानलबाट आनन्द बराल अध्यक्ष पदको उम्मेदवार बन्ने भएका छन् । संघको आगामी नेतृत्वको लागि यस अघिनै सुरेश श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक प्यानल घोषणा भईसकेको छ ।

classic tech

वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा हरीप्रसाद लम्साल, सचिव सुवर्ण श्रेष्ठ, कोषाध्यक्ष रविचन्द्र खनाल, सहसचिव विनोद भण्डारी र सहकोषाध्यक्ष कृष्णप्रसाद ढकाल(केडी) छन् । सदस्यहरुमा उत्तम सिग्देल, संजय कुँवर, लक्ष्मण पाण्डे, विरेन्द्र श्रेष्ठ, सन्दीप गिरी र संजोग पराजुली छन् ।

अध्यक्ष पदका प्रत्याशि आनन्द बरालले २७ वर्षदेखी निर्माण व्यवसायमा लागेको र यस क्षेत्रका समस्या र विकृतिहरु समाधान गरि पेशालाई गर्व गर्ने बनाउनको लागि आफ्नो उम्मेदवारी भएको बताए । घोषणा सभामा नेपाल निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा नेकपाका नेता ओमप्रसाद गौचनले व्यवसायिक हकअधिकार र पेशागत दक्षता अभिवृद्धिको लागि वाम गठबन्धनको प्यानलका उम्मेद्वारहरुले जित्नुको विकल्प नभएकोमा जोड दिए ।

कार्यक्रममा तत्कालिन नेपाल निर्माण उद्योग परिषद्का वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी पोखरेल, वरिष्ठ निर्माण व्यवसायी ओम गौचन, नेपाल निर्माण व्यवसायी संघका निर्वतमान अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य ऋषिराम गौतम, नेपाल निर्माण व्यवसायी संगठन कास्कीका अध्यक्ष ठाकुरप्रसाद बराल, नेकपाका युवा नेता तथा निर्माण बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण लम्साल, नेकपा नेता विवेक गौतम, हरि भण्डारी लगायतले वाम गठवन्धनको उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
SKIP kelme