www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रदेश स्तरीय सितोरियो कराँते प्रतियोगिता हुने

पोखरा । 

सितोरियो कराँते संघ कास्कीको आयोजना एवं अमर बहादुर बाँनिया र जाजु बाँनियाको विशेष सहयोगमा प्रदेश नं ४ स्तरिय दोस्रो नरबहादुर बाँनिया स्मृती कराँते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता भदौ २३ र २४ गते ईन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय लामाचौरमा हुने भएको सितोरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्र कुमार गुरुङले बताए ।

Batas

प्रतियोगितामा पुरुष तर्फ ७ र महिला तर्फ ५ तौल समूहको सहभागिता हुने छ । पुरुष तर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ र एकल काँता र महिला तर्फ ३५, ४०, ४५, ५०, ५५ र एकल काँता हुने छ ।

खेलमा प्रथम हुनेलाई हुने टिमलाई १५ हजार, द्धितीयलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने छ ।

साथै खेलाडीहरुको लागि खाना र बस्नको सुधिवा, प्रत्येक खेलाडीको दर्ता शुल्क ४ सय र खेल डब्लुकेएफको नियम अनुसार खेलाइने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.