पोखरा ।
हिमाअस एजुकेसन कन्सल्टेन्सीको सहकार्य र ब्लुस्काई एजुकेसन एन्ड स्टुडेन्ट्स कन्सल्टेन्सी सर्भिसेजको प्रस्तुतिमा भदौ ३१ गते अस्ट्रेलियन शैक्षिक मेला पोखरामा हुने भएको छ । अस्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय एवं कलेजहरुका प्रतिनिधिसँग उक्त मेलामा प्रत्यक्ष भेटेर परामर्श लिन सकिने छ ।
अस्टे«लियालाई लक्ष्य गरी हुँदै आएका मेलामध्ये यो नै सबैभन्दा ठूलो हुने आयोजकले बताएका छन् । ‘हरेक विषय र हरेक तहका विद्यार्थीहरुले मेलामा धेरै जानकारी र भर्नाको मौका पाउनेछन्’, आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हिमाअसका संस्थापक राजमान थकालीको संयोजनमा काठमाडौं, चितवन, बुटबल र पोखरामा हुन गइरहेको यस्तो शैक्षिक मेला अहिलेसम्मकै ठूलो भएको दाबी आयोजकको छ । ‘पहिले हुने गरेका मेलामा शैक्षिक परामर्शदाताहरु कलेजका धेरै र युनिभर्सिटीका कम हुन्थे,’ थकालीले भने, ‘तर भदौ ३१ को हाम्रो मेलामा युनिभर्सिटीका परामर्शदाता धेरै हुनेछन् । र यो हालसम्मकै बृहत् मेला हुनेछ ।’
यसअघि प्राय पोखरा सभागृहमा शैक्षिक मेला हुन्थे तर यो अत्याधुनिक व्यापारिक मल मिडटाउन ग्यालेरियामा हुने जानकारी थकालीले दिए । ‘यो शैक्षिक मेलामा विद्यार्थीले एकै थलोमा धेरै कलेज तथा विश्वविद्यालयहरु छान्न पाउनेछन्,’ उनले भने, ‘अर्को मुख्य कुरा भनेको विद्यार्थीले भर्ना फी छुट पाउनेछन् ।’
अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि बैंकिङ पार्टनरको रुपमा नेबिल बैंक सहभागी हुने भएको छ । त्यो विद्यार्थी र अभिभावकका लागि अर्को महत्वपूर्ण अवसर हुने थकाली बताउँछन् । हिमाअस पोखराका प्रबन्धक समीर थापामगरले दिएको जानकारी अनुसार यही अगस्ट ६ देखि १६ तारिकसम्म भर्ना हुने सबै विद्यार्थीहरुलाई आइएलटिएस, बरिस्टा, बार टेन्डर, वेटर तथा हाउस किपिङ तालिममा ३० प्रतिशत छुट हुनेछ ।
एक वर्षदेखि स्मार्ट ओपन एकेडिमीको संलग्नतामा सञ्चालित हिमाअस पोखराले अस्ट्रेलिया जाने विद्यार्थीको उत्कृष्ट सेवा गर्दै आएको छ । हाल सिटिइभिटीबाट स्वीकृतप्राप्त संस्था इन्टरनेसनल कलेज अफ अप्लाइड साइन्सको नामबाट जब रेडी प्रोग्राम अन्तर्गत होटल व्यवस्थापनको विभिन्न तालिम प्रदान गर्दै आएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.