www.tandavnews.com
Fact ~ In search of truth

फिल्म ‘सवन मु’ निर्माणकाे घाेषणा, भदौ २९ गतेदेखि फ्लोरमा

पोखरा,
ताण्डव न्यूज

भकारी इभेन्टस प्रालिको प्रस्तुतिमा नेपाली भाषाको गुरुङ चलचित्र ‘सवन मु’ बन्न भएको छ । भदौ २९ गतेदेखि फ्लोरमा जाने उक्त चलचित्रले २०३६ सालको जनमत संग्रह र २०४६ सालको जनआन्दोलन सम्मको अवधिमा तत्कालिन राज्य व्यवस्थाबाट गुरुङ गाउँ बस्तीमा परेको मनोवैज्ञानिक प्रभावलाई चित्रण गर्नेछ ।

सोही फिल्मका निर्देशक कृष्णकुमार गुरुङका अनुसार त्यसताका विक्षिप्त भएको संस्कार संस्कृतिलाई बचाउन समुदायले गरेको त्याग र गाउँले जनजीवन चलचित्रको मेरुदण्ड हो । फिल्ममा ७० प्रतिशत गुरुङ भाषा रहने जनाइएको छ । करिब २ घण्टा १५ मिनेट लामो रहने उक्त फिल्म पर्वत जिल्लाको देउपुर र लाङ्दी गाउँमा रहने निर्देशक गुरुङले जानकारी दिए ।

Batas

फिल्ममा प्रकाश गुरुङ ‘कास’को छायाँकन, राजु वाइवा श्रृंगार, रमेश गुरुङ कला निर्देशन रहनेछ । फिल्मलाई दिपा गुरुङ र पे्रम गुरुङले निर्माण गर्नेछन् । फिल्ममा ३ वटा गीत समावेश गरिने जनाइएको छ ।

फिल्ममा डिबी गुरुङ, राजेन्द्र थापा, विष्णु गुरुङ, गल गुरुङ, अमिर गुरुङ, तारा गुरुङ, कमल भुजेल र विमल जिसीको अभिनय रहनेछ भने नयाँ प्रस्तुतिका रुपमा विश्वात्मा गुरुङ र मिस तमुस्यो २०१६ कि विजेता निशा गुरुङलाई पनि देख्न सकिनेछ ।

२५ लाख लगानीमा बन्न लागेको फिल्म २५ दिनमै सुटिङ सक्ने लक्ष्य लिइएको छ । फिल्म ल्होसारको अवसमार पारेर प्रर्दशन गरिने जनाइएको छ । फिल्म निर्देशक गुरुङका अनुसार ‘सवन मु’ को प्रयोग प्रश्न र उत्तर दुवैमा हुने शब्दको अर्थ ‘सन्चै छ र सन्चै छु ’ भन्ने हुन्छ । सवन मुको दोहोरो अर्थ लाग्ने शब्द भएकोले चलचित्रको अन्तरवस्तुमा दर्शकले २ वटा प्रश्न बोकेर समीक्षा गर्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.