
पोखरा,
ताण्डव न्यूज ।
गोर्खा सैनिकसम्बन्धी मेचीदेखि महाकालीको खोज–यात्रा सम्पन्न भएको छ । ब्रिटिस गोर्खाजका बारेमा टिआई गुरुङले विभिन्न गोर्खाली सैनिकहरुका वीरता, व्यथालाई समेटेर पुस्तक प्रकाशन गर्ने भएका छन् ।
लेखक गुरुङले पुस्तक सम्बन्धि भ्रमणमा बेलायत, बर्मा, सिंगापुर, मलेशिया लगायतका मुलुकहरुमा सैनिकहरुसँग सीधा साक्षत्कार गरेको बताए । ‘युद्धका बेलामा केहि दिनसम्म जंगली झारपातका भरमा ज्यान धानेर घर फर्किएकाहरु पनि भेटे । पल्टनमा विरामी भएपछि रित्तो हात फर्किएकाहरु पनि पाए,’ उनले भने, ‘दर्जनौ दस्तावेज पढिसकेपछि र आधा दर्जनौं जति देशको अध्ययन भ्रमणपछि यस विषयसम्मको निचोडमा पुगें ।’


लेखक गुरुङले झण्डै ३० मुलुकको भ्रमण गरेपछि विश्वमा नेपाललाई चिनाउनका लागि गौतम बुद्ध, हिमाल, गोर्खाली यी तीन पक्षहरुलाई व्यवस्थित तरिकामा लैजान सकियो भने नेपाललाई विश्वभर चिनाउन सकिनेमा जोड दिए ।
सन् २०१९ मा प्रकाशन गर्ने योजना रहेको गुरुङको पुस्तक करिब दर्जनौ स्वतन्त्र विज्ञहरुले समीक्षा गर्नेछन् भने बेलायत, हङकङ र नेपालबाट एकैपटक पुस्तक विमोचन गर्ने योजना रहेको आयोजकले जानकारी दिए ।
अंग्रजी भाषामा प्रकाशित हुने पुस्तकमा १५ वटा विषयवस्तु रहेको साथै गोर्खाली महिला सेनाहरुको बारेमा पनि समेटिएको छ । हालसम्म गुरुङले अंग्रजी भाषामा १४ वटा उपन्यास प्रकाशित गरेका छन् भने गुरुङ एसिया टाइम्सका लेखक र निवृत्त ब्रिटिस सेना समेत हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।