www.tandavnews.com
Fact ~ In search of truth

रिसिवि साध्न लेखनाथका डिएसपी थापाद्धारा मनपरी कानून

पोखरा
ताण्डव न्यूज ।

दोहोरी भन्ने वित्तिकै खाने नाच्ने अनि रमाईलो गर्ने ठाउँ भन्ने बुझिन्छ । त्यहाँ आउने सबै ग्राहक एकै प्रकारका हुँदैनन् ।

मदिरा खाएर आएका सबैले झगडा गर्छन् भन्ने पनि होइन् । तर केही युवाहरु गलत नियत लिएर आउने खाने अनि थर्काएर जाने गरेको दोहोरी व्यवसायीहरु बताउने गर्छन् । यस्तै घटना भयो भदौ २७ गते राती ‘सात ताल दोहोरी साझ’ ताल चोकमा ।

Batas

घटनामा संलग्न युवाहरुलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उल्टो लेखनाथ प्रहरीले भोलिपल्ट नै छाडिदिएको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी विष्णुबरसिंह थापाले रिसिवि साध्न आफूलाई दुख दिएको दोहोरी सञ्चालक सुनिल बस्नेतले बताए ।

‘सानो कुरा हो भनेर मैले लोक दोहोरी व्यवसायी संघलाई गुहारिन, अहिले आएर मलाई फसाउने काम भईरहेको छ,’ उनले भने, ‘पटक–पटक भेट्न बोलाएका थिए । म गएको पनि थिएँ । डिएपी कार्यालयमा नभएको हुनाले भेट भएन किन बोलाउनु भएको भन्ने थाहानै भएन् । त्यही विगतको रिसले अहिले एउटा घटनामा मलाई फसाउने काम हुँदै छ ।’

वेगनासताल पचभैयाका सन्जिव घिमिरेसहित आएका दुई जना युवाले दोहरी साँझमा मदिरा र खाजा खाएको पैसा दिएनन् । उल्टो त्यहाँका स्टाफलाई धम्क्याउँदै हातपात समेत गरेको दोहोरी सञ्चालक बस्नेतले बताए । रकम नदिई भागेपछि दोहोरीका स्टाफले तुरुन्तै एक सय नम्बरमा डाइल गरेर प्रहरीलाई गुहारे ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले भागेका तीन जना युवा मध्ये सन्जिवलाई पक्राउ गरे । त्यसपछि उनलाई हिरासतमा लिए । तर शिशुवा प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी विष्णुबरसिंह थापाले घटनाको भोलीपल्ट २८ गते गल्ती गर्ने युवालाई छाडिदिए ।

रकम नतिर्ने युवालाई उल्टो प्रहरीले छाड्नु शंकाको विषय बनेको एक व्यवसायीले बताए । ‘दोहोरीमा उल्टो रकम नतिरि भाग्नेलाई भोली पल्ट दोहरीका प्रतिनिधिलाईनै थाहा नदिई छाड्नुमा कही प्रहरीको त मिलेमतो छैन ?,’ उनले भने, ‘हुन त डिएसपी थापाले यस अघि व्यसायीहरुसँग राम्रो व्यवहार गरेको छैनन् ।’

हुन पनि यस्तो घटनामा प्रहरीले व्यवसायीलाई बोलाएर दुवै पक्षको राखेर छलफल गर्नुपर्ने थियो । तर डिएसपी थापाले मनपरी गरेका हुन् ।

स्रोतका अनुसार गल्ती गर्ने युवालाई छाडिदिएर उल्टो उजुरी हाल्न लगाएका छन् । ‘प्रहरीकहाँ गएपछि गलत गर्नेलाई सजाय दिनुको सट्टा उल्टो व्यवसायीलाईनै फसाउन खोज्ने खेल भइरहेको छ,’ स्रोतले भने, ‘भाग्ने युवालाई भोलीपल्ट विल तिराएर कागज गरेर छाड्नु पर्ने हो तर उल्टो ती युवालाई आफूमाथी कुटपिट भएको र मोवाईल हराएको भनी जाहेरी दिन लगाएका छन् ।’

यस विषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी थापालाई ताण्डव न्यूजले फोन सम्पर्क गरेर घटना बारे बुझ्न खोज्दा उनी तर्कन खोजे । ‘यस विषयमा कार्यालयनै आउनुहोस,’ भन्दै डिएसपी थापाले फोन काटे । त्यसपछि पुन तत्कालै पटक–पटक फोन सम्पर्क गर्दा समेत डिएसपीले उठाएनन् ।

किन फसाउन खोजे दोहोरी सञ्चालक बस्नेतलाई

डिएसपी थापाले इलाका प्रहरी कार्यालय शिशुवाको जिम्मा सम्हालेको केही दिन पुग्न नपाउदै सात ताल दोहोरी साँझका सञ्चालक सुनिल बस्नेतलाई भेट्न बोलाएका थिए । कामको व्यस्तताले गर्दा वस्नेत डिएसपी थापाले भनेको समयमा भेट्न जान पाएनन् ।

पटक–पटकको फोन सम्पर्कमा पछि पनि भेट्ने समय नमिलेपछि डिएसपी थापा बस्नेतसँग रिसाएका थिए ।

अन्ततः एउटा केसको शिलशिलामा वस्नेत डिएसपीलाई भेट्न पुगे । त्यस वेला डिएसपीले दोहोरी व्यवसायीलाईनै आच आउने गरि अपशब्द बोलेको सञ्चालक बस्नेतले ताण्डव न्यूजसँग बताए । ‘उहाँ अन्य चार जना मान्छेकै अगाडी दोहोरी व्यवसायी यौन धन्दा चलाउने हो भनेर अपशब्दनै प्रयोग गरेका थिए,’ उनले भने, ‘त्यति मात्र होइन डिएसपीले दोहोरी जनतालाई लुट्ने पेसा हो भन्दै त्यहाँ काम गर्ने महिलालाई यौनकर्मी भनेका थिए, त्यो पनि नराम्रो शब्दमा ।’

उक्त घटनापछि पनि आफूलाई भेट्न बोलाएको बस्नेतले बताए । ‘मैले केही गल्ती नगर्दा पनि डिएसपी साव किन मेरो पछि परेका छन् थाहा छैन्,’ उनले भने, ‘मैले आफ्नो व्यवसायी गरेर खान नपाउने हो ? मेरो दोहोरीमा ग्राहकले पैसा नतिर्दा मैले प्रहरीको सहयोग लिए, अन्य ठाउँमा उल्टो सञ्चालकहरुले कुटपिट समेत गरको पाइन्छ । मैले प्रहरीकै सहयोग लिएर पैसा नदिई भाग्ने ग्राहकलाई पक्राउ गर्दा प्रहरीले भोली पल्ट यत्तिकै छाडिदियो ।’

डिएसपी थापाको व्यवहार राम्रो छैन : व्यवसायी

दोहोरी व्यवसायी मात्र होइन लेखनाथका अधिकांश व्यवसायीले डिएसपी थापाको व्यवहार मन पराएका छैनन् ।

डिएसपीको व्यवहार ठिक नरहेको एक व्यवसायीले बताए । ‘म पनि एउटा केसकै लागि त्यहाँ पुगेको थिएँ उनले हेपेर कुरा गरे,’ उनले भने, ‘मैले मुख भरि हुने गरि जवाफ फर्काए । डिएसपी जस्तो मान्छेले त्यसरी हेपेर बोलेको सुहाउँदैन् ।’

डिएसपी थापा अब जाने वेला भएको हुनाले आफूले जिल्लाको एसपीलाई नभनिदिएको ती व्यवसायीले बताए ।

‘अब एक महिना पछि यहाँबाट जादै छन् रे,’ उनले भने, ‘त्यही भएर एसपी साहेवकहाँ गुनासो गरिन् । तर मैले डिएसपीको व्यवहारको वारेमा कुरा चल्दा प्रदेश सांसदहरुसँग कुरा राखेको थिएँ । म मात्र होइन यहाँका धेरै व्यवसायी रुष्ट छन् यि डिएसपीसँग । राम्रो गर्नेलाई सहयोग गर्ने नाममा उल्टो गलत गर्ने पनि प्रहरी हुन्छ ?’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.