
पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका २१– निर्मलपोखरीका वडाध्यक्ष खगराज आचार्यले शैक्षिक क्षेत्र वरपर मदिरा तथा सुर्तिजन्य पदार्थको बिक्री वितरण रोक्न सार्वजनिक सुचना जारी गरेका छन् ।
वडाध्यक्ष आचार्यले महानगरपालिकाको समन्वयमा आज विज्ञप्ति मार्फत सुचना जारी गरेका हुन् ।
विज्ञप्तिमा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनेको ऐनको परिछेद ३, दफा ११ को ३ मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृदाश्रम, अनाथलय र सार्वजनिक स्थल वरिपरिको कम्तीमा १०० मिटर दुरीमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मदिरा ऐन २०३१ बमोजिम कसैले पनि अनुमति बिना मादक पदार्थ बिक्री वितरण गर्न नपाइने, १८ वर्ष मुनिकालाई मदिरा बिक्री वितरण गर्न नपाइने उल्लेख गर्दै सुचनाको वेवास्ता गर्दै विक्री वितरण नरोकेमा कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिने चेतावनी दिएइको छ ।
निर्मल पोखरीमा रहेका विभिन्न विद्यालयको नजिकै मदिरा तथा सुर्तिजन्य पदार्थ बेचविखन भइरहेको भन्ने बढेपछि वडा अध्यक्ष आचार्यले हिजो सुरक्षा निकायसँग त्यसबारे छलफल गरेका थिए ।
विशेष गरि जनचेतन उच्च मा.वि र फुकुओका माविको छेउछाउमा मदिरा बेचबिखन गर्ने तथा सेवन गरि हल्ला गर्ने गरेको गुनासो बढेको छ ।
हिजोको छलफल पछि वडाध्यक्ष आचार्यले यस्ता गतिविधि रोक्नलाई तत्काल चेतावनी स्वरुप सार्वजनिक सुचना निकाल्ने र सुचनालाई लत्याएर अटेर गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने ताण्डव न्यूजसँग बताएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.