www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरामा उपचार गराइरहेका ४ सहित ६ संक्रमितको मृत्यु

कास्कीका १११ सहित ३७६ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज (शुक्रबार) कोरोना संक्रमणबाट ६ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरामा उपचार गराइरहेका ४ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ६ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका ४,गोरखाका १,र नवलपरासीका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३७६ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका १११,मुस्ताङका १,म्याग्दीका ३१, पर्वतका ४४,गोरखाका २७, लमजुङका ३२,तनहुँका ३७,बागलुङका ११,स्याङ्जाका ५ र नवलपरासी पूर्वका ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

१७६ महिला र २७७ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४९ हजार ४१४ पुगेको छ ।

यस्तै आज ३४७ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३०८ रहेको छ ।

हाल प्रदेशमा ६ हजार २८३ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ७९२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.